फाइल ।

कैलाली । श्रीमानको कुटाइबाट कैलालीमा ३० वर्षीय महिला गम्भिर घाइते भएकी छन् । बर्दगोरिया गाउँपालिका–३ सम्झना टोलकी कीमसरा विक श्रीमानको कुटाइबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको हो ।

३५ वर्षीय भरत विकले घरायसी झगडा हुँदा दाउराले उनको टाउकोमा हिर्काएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गम्भीर घाइते भएकी उनलाई बर्दगोरिया अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर रिफर गरिएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जनाए । उनका श्रीमान भरतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस