डोटी । जोरायल गाउँपालिकाले विद्यालयमै गएर विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ । पालिका भरीका सबै विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी बिद्यी भण्डारीले बताए । हालसम्म तोकिएका उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय तथा अन्य क्षेत्रमा तोकिएको खोप केन्द्रमा गएर खोप लगाउनुपर्ने व्यवस्था मिलाइएको गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिए । विद्यार्थीहरुलाई खोप लगाउने अभियान सुरु भएपछि विद्यार्थीहरु पनि खुशी साथ खोप लगाउन आउन थालेका नवोदय मावि गड्सेरामा प्राचार्य फणेन्द्र खडायतले बताए ।

प्रतिक्रिया दिनुस