कञचनपुर पुष १७, भारतको दिल्लीमा भएको( Asian sikh Game 2021 india) मा वुदोकैदो  एसियन सिख गेममा शुक्लाफाँटा वुदोकैदो शाखाबाट सहभागि खेलाडीहरू विभिन्न समुहमा पहिलो स्थान हाँसिल गरेका छन ।

वुदोकैदो एसियन सिख गेममा शुक्लाफाँटा वुदोकैदो शाखाबाट सहभागि खेलाडीहरू विभिन्न समुहमा पहिलो स्थान हाँसिल गर्न सफल  भएको शुक्लाफाँटा वुदोकैदो शाखाका प्रमुख तथा प्रशिक्षक लक्ष्मण बोहराले जानकारी दिनुभयो।

शुक्लाफाँटा वुदोकैदो शाखाका रोहित बिष्टले वुदोकैदोमा २४ के.जि समुहमा प्रथम भएको छ । त्यस्तै शुक्लाफाँटा वुदोकैदो शाखाका जितेन्द्र बिष्ट २८ के. जि समुहमा पनि  प्रथम भएको छ ।शुक्लाफाँटा वुदोकैदो शाखाका पवन बोहराले ४४ के.जि समहमा प्रथम भएको छ ।शुक्लाफाँटा वुदोकैदो शाखाका मनिस जोशीले ४० के.जि प्रथम भएका छ ।

शुक्लाफाँटा वुदोकैदो शाखाका बासुदेवले खडायतले ३२ के.जि उपविजेता हुँदै रजत पदक प्राप्त गर्न सफल हुनुभएको छ।

शुक्लाफाँटा नगरपालिका वार्ड १- गणेशपुरमा खुलेको शुक्लाफाँटा वुदोकैदो शाखाले छटो समयमा वुदोकैदोका विभिन्न खेलमा निकै सफलता पाएको छ ।

प्रतिक्रिया दिनुस