
नेकपा एकिकृत समाजवादी शुक्लाफाँटा नगरको अध्यक्षमा हरिष विष्ट चयन भएका छन । बिहीबार समाजवादी शुक्लाफाँटा नगरको प्रथम सम्मेलनबाट अध्यक्षमा विष्ट चयन भएका हुन । समाजवादी विद्यार्थी निकट युवा नेता प्रज्वल कुँवरले सहमतीय आधारमा नेतृत्व चयन गरिएको बताए ।
उपाध्यक्ष तप्त ठकुल्ला, गोपाल महरा, सचिव प्रेम बहादुर सुनार, उप सचिव त्रय लक्ष्मी राना, मनोज साउद, टिकाराम तिवारी र कार्यालय सचिवमा दिर्घराज रेग्मी सहित चयन भएका छन । नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहको प्रमुख आथित्यमा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य राम कुमार ज्ञवाली, स्थानीय कमिटि सदस्य उर्वादत्त पन्त जिल्ला सचिव हरक सिह धामी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
		प्रतिक्रिया दिनुस
		
	

 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    