
बैतडीमा थप एक युवकको शव फेला परेको छ। पाटन नगरपालिका–६ हिरापुर नजिक सडकभन्दा अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।
ती युवकको शव सडेको अवस्थामा फेला परेको निरीक्षक शाहीले बताए। मृतकको शवसँगै दशरथचन्द नगरपालिका–१ ठेगाना भई सुरत भुल नामको नागरिकता फेला परेको छ। शवको केही भाग स्यालले खाएकाले पहिचान हुन सकेको छैन। बुधबार मात्रै सुर्नया गाउँपालिका–६ का डम्बरदत्त अवस्थीको शव जंगलमा फेला परेको थियो। मंसिर १४ गतेदेखि बेपत्ता उनको हत्या गरेको भन्दै सोही ठाउँका स्थानीय हरिश अवस्थीले स्वीकार गरेका थिए। उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बैतडी प्रहरीले बताएको छ।
		प्रतिक्रिया दिनुस
		
	

 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    