महेन्द्रनगर । कैलालीको धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू कैलालीले प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीको पुत्ला जलाएको हो ।

भारतले लिपुलेक र कालापानी कब्जा गरेकोप्रति सरकारको धारणा नआएको भन्दै साल्ट ट्रेडिङ कार्यालयदेखि मुख्यमन्त्री कार्यालयसम्म साँझ राँके जुलुससहित नाराबाजी गर्नुका साथै पुत्ला जलाएको हो । उनीहरुले ‘कालापानी लिपुलेक र कालापानी’ हाम्रो हो भन्दै नाराबाजी लगाएका थिए ।

प्रतिक्रिया दिनुस