चितवन असार १९ , नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा र गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । शनिबार एक विशेष कार्यक्रमका बीच उनीहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेक हुन् ।

क्रान्तिकारी माओवादी चितवनले आयोजना गरेको एक विशेष कार्यक्रममा विप्लव नेकपाका चितवन जिल्लाका युवा नेता किरण सुनार लगायतका नेता कार्यकर्ताहरु र गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा चितवन जिल्ला संयोजक प्रकाशचन्द्र ढकालसहित सिङ्गै चितवन जिल्ला समिति क्रान्तिकारी माओवादी ध्रुवीकृत भएको क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी अशोक शर्माले बताए । यसरी ध्रुवीकृत भएका नेता कार्यकर्ताहरुलाई क्रान्तिकारी माओवादीका पीविएम तथा ३ नं प्रदेशका इन्चार्ज दिनेश शर्माले अबीर लगाएर पार्टीमा स्वागत गरेका थिए । नेता शर्माले यो ध्रवीकरणले नयाँ जनवादी क्रान्तिका लागि विभिन्न समूहमा छरिएर रहेका सच्चा क्रान्तिकारीहरु एकताबद्ध र ध्रुवीकृत बनेर अगाडि बढ्नुपर्ने सन्देश प्रवाह गरेको भन्दै पार्टीमा ध्रुवीकृत भएका कमरेडहरुलाई बधाई समेत ज्ञापन गरे ।

प्रतिक्रिया दिनुस