भुवन भट्ट
महेन्द्रनगर २० साउन । हेल्प नेपालले निर्मला पन्तको बलात्कार हत्या घट्नामा न्यायको लागि निरन्तर कलम चलाउदै आएका कञ्चनपुरका पत्रकार खेम भण्डारी लाई टिकट हस्तान्तरण गरेको छ । न्युज २४ को सिधा कुरा जनता सँग कार्यक्रममा सहभागी हुनका लागी काठमाडौं जान लागेका भण्डारी लाई हेल्प नेपालले टिकट हस्तान्तरण गरेको हो । हेल्पनेपाल कञ्चनपुरले पुर्व न्युनतम पारीश्रमिक समितिका सँयोजक , रेडियो महाकालीका प्रवन्ध निर्देशक , दैनिक मानस खण्डका सम्पादक तथा प्रकाशक पत्रकार भण्डारीको आवत जावत व्यवस्था सहित एक कार्यक्रमका बिच सोमबार टिकट हस्तान्त्रण गरेको जनाएको हो ।
हेल्प नेपाल कञ्चनपुरका सँयोजक मदन चन्दले निर्मलाहत्याकाण्डको १ वर्ष बितिसक्दा समेत वास्तविकता बाहिर आउनुको साटो घटनालाई मोड्न खोजीको प्रति आपत्ति जनाए । निरन्तर न्यायको पक्षमा खटिएका पत्रकार भण्डारी बिरुद्ध अनेक आरोप लगाई दोषि उम्काउने सरकारको चलखेल बिरुद्ध सम्पुर्ण कञ्चनपुर बासिएक जुट रहेका बताउदै पत्रकार भण्डारीको यात्रा खर्चको जिम्मा हेल्प नेपालले लिएको जानकारी दिए ।
टिकट बुझ्दै पत्रकार भण्डारीले निर्मलाहत्या प्रकरणमा भईगरेका चलखेल बिरुद्ध सुरुका दिनदेखिनै कलम चलाएका बताउदै १ वर्ष बितिसक्दा समेत हत्यारा बाहिर आउन नसक्नुले कञ्चनपुर बासिलाई अन्यायमा पारेको बताए । उनले प्रहरी तथा सरकारको चलखेल बिरुद्ध आफ्नो कलम नरोकिने बताउदै अन्र्तवाताका क्रममा निर्मलाहत्याकाण्डमा सुरुवाती दिनदेखी भएका चलखेल , निर्दाेष फसाउन गरेको सड्यन्त्र , तथा घटनाको अनुशन्धानमा प्रहरीले गरेको लापरबाहि लगातका कुराहरु सप्रमाण राखिने बताएका छन् ।
न्यूज–२४ नामक टेलिभिजनका प्रस्तोस्ता रबिलामि छानेले यस अघि पनि पत्रकार भण्डारीलाई टेलीफोन अन्र्तवातामा कुराकानीका लागि समय माग गरेका थिए । तर कार्यक्रम सुरु हुनु पुर्व केहि मिनेट पहिले मात्रै पत्रकार भण्डारीलाई खबर गरीएपछि उत्त अवधीमा घटनाको विस्तृत कुरा तथा तथ्य प्रमाण सहित राख्ने अवस्था नरहेको भन्दै पत्रकार भण्डारीले फोन अन्र्तवार्तामा बोल्न चाहेका थिएनन् ।
त्यसपछि न्यूज–२४ सँग टेलीभिजमै पुरै समय अन्र्तवार्तामा बस्ने सहमति भएपछि पत्रकार भण्डारी काठमान्डु जान तयार भएका हुन् । उनले निर्मला हत्या प्रकरणमा घटेका घटनाक्रम लाई केहि मिनेटको अन्र्तवातामा राख्न नसकिने बताउदै पुरै समय माग गरीएको जानकारी दिए ।
निर्मला हत्याप्रकरणमा सँचारकर्मि लामिछानेले पत्रकार भण्डारी तथा कञ्चनपुरका जनतामाथी आरोप लगाउदै दिलीप बिष्ट निर्दाेष हुन नसक्ने अडान लिदै कार्यक्रम अगाडी बढाईरहेका छन् । उनले सिधा कुरा जनतासँगको कार्यक्रममा अदालत बाटनै निर्दाेष ठहर गरीएका कञ्चनपुरका दिलीप बिष्ट दोषि हुन सक्ने भन्दै निराधार अभिव्यक्ति दिईरहेका छन् । तर प्रहरीले दिलीप बिष्टलाई फसाउन खोजेको चलखेलका विरुद्ध कञ्चनपुरका जनता निरन्तर आन्दोलनमा उत्रीएका थिए । सँचारकर्मि लामिछानेले पत्रकार भण्डारी सँग कुन विषय अगाडी बढाउछन भन्ने अन्र्तवार्ता बाटै थाहा पाईने छ । साउन २१ गते न्यूज–२४ टेलिभिजन बाट प्रसारीत हुने सिधा कुरा जनता सँगको साझँ साढे ८ ः४५ बजेको कार्यक्रमा पत्रकार भण्डारी उपस्थीत हुने गरी मँगल बार काठमान्डौ जाने तयारी रहेको छ । उनको सम्पुर्ण सुरक्षा व्यवस्था तथा बसाईको व्यवस्था न्युज २४ ले गर्ने बताएको छ । पत्रकार भण्डारी र लामिछानेबिच हुने अन्र्तवाता नेपाल , छिमेकि मुलुक तथा अन्र्तराष्ट्रिय देशहरुमा छरीएर रहेका करीब ३ करोड बढी नेपालीले हेर्ने अनुमान गरीएको छ । उत्त अन्र्तवार्ताले न्यायका निर्मला तथा नेपाली चेलीबेटि देशमा कत्तिको सुरक्षीत रहेकि र घटना दवाउन सरकारले गरेको तिकडमको प्रर्दाफास हुनेमा जनताहरुले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुस