काठमाडौं , नेकपा क्रान्तिकारी माओवादी निकट विध्यार्थी संगठन अखिल क्रान्तिकारी संगठन विस्तारमा जुटेको छ । अखिल क्रान्तिकारीले काभ्रे र ललितपुरमा संगठन विस्तारलाई तीव्रता दिएको छ ।

सोमबार संगठनकी उपाध्यक्ष शिलु न्यौपानेको मुख्य उपस्थितिमा अखिल क्रान्तिकारी काभ्रे जिल्ला अन्तर्गत संजिबनी नमुना मा.वि धुलिखेलमा रामु रायमाझीको अध्यक्षतामा ३३ सदस्यीय इकाई कमिटी गठन भएको छ ।

त्यसैगरी काभ्रेको शिक्षा सदन माविमा सुमिना ढकालको अध्यक्षता २९ सदस्यीय इकाइ कमिटि निर्माण गरिएको छ । काभ्रेकै आजाद मामिमा सन्तोष भण्डारीको अध्यक्षतामा २५ सदस्यीय इकाई कमिटि गठन गरिएको छ भने जिल्लाको चैतन्य बहुमुखी क्याम्पसमा रन्जन गौतमको नेतृत्वमा ३५ सदस्यीय क्याम्पस इकाई कमिटि निर्माण गरिएको छ । विद्यालय र क्याम्पसमा भएका विध्यार्थीहरुको भेला तथा संगठन निर्माण कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने लगायतका विध्यार्थी नेताहरुको उपस्थिति रहेको थियो भने क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज सोमानसिंह तामाङ,, पार्टी केस कान्छाराम तामाङ, देजमो जिल्ला अध्यक्ष जितबहादुर लामा, तामाङ मुक्ति मोर्चाकी केन्द्रीय उपाध्यक्ष मिना तामाङ लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

प्राप्त जानकारी अघिल्लो अनुसार अघिल्लो आइतबार विरेन्द्र तितुङको नेतृत्वमा ललितपुरको पाटन माध्यामिक विद्यालयमा ३३ सदस्यीय इकाई कमिटि निर्माण गरेको छ भने शुक्रबार ललितपुरकै नमुना मछेन्द्र मा।विमा गृष्मा खत्रीको नेतृत्वमा ३१ सदस्यीय इकाई कमिटि निर्माण गरिएको थियो । संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु संगठन निर्माणको अभियानमा जुटेको उपाध्यक्ष शिलु न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस