कैलाली साउन २१ ,कैलालीको धनगढीमा भएको बम बिस्फोटमा परि घाइते भएका कञ्चनपुरको बेलडाँडी गाउपालिका का लक्ष्मण सेरेलालाई प्रहरीले आज अस्पतालबाटै पक्राउ गरेको छ।
गत साउन २ गते भएको धनगढी बिस्फोटमा परि घाईते भएका सेरेलालाई उपचारपछि आज माया मेट्रो अस्पतालले डिस्चार्ज गरेकोमा अस्पतालबाटै प्रहरीले पक्राउ गरेको हो।लक्ष्मण सेरालाको प्रहरीको निगरानीमै उपचार भईरहेको थियो। लक्ष्मण सेरेला प्रतिवन्दीत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन्। उनलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को शहिद गेट नजिकै रहेको निलम होटलमा बम विस्फोट हुँदा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१४ का रामबहादुर सिंहको मृत्यु भएको थियो भने अन्य चार जना घाईते भएका थिए।
मृतक सिंहले टिफिन बक्समा फिट गरेको बम झोलामा राखेर पिठ्युमा बोक्दै घाईते सेरलासंग होटलमा आएको र भित्तामा ठोक्किएपछि बम बिस्फोट भएको प्रहरीले जनाउँदै आएको छ।

प्रतिक्रिया दिनुस