दिपकराज भट्ट्
डडेल्धुरा — अमरगढी नगरपालीका क्षेत्रमा पालन गरिएका पशु लाई बर्षमा दुई पटक अनिवार्य खुवाउनु पर्ने जुकाको औषधी पुग्ने गरी खरिद गर्न करिब ६० लाख बजेट आवश्यक पर्छ । तर नगरपालिकाले पशु सेवा शाखामा यस बर्ष जम्मा १० लाख रकम विनियोजन गरेको छ । कृषि, पशु उत्पादन बढाउने लक्ष्य राखेका स्थानिय निकायहरुले आवश्यक पर्ने बजेट नै विनियोजन नगरे पछि लक्ष्य नारा र भाषणमा सिमित हुने निश्चित छ ।
नगरपालिकाले शाखा सञ्चालन गर्न यस आर्थिक बर्षमा १० लाख मात्रै विनियोजन गरे पछि औषधी खरिद लगाएत शाखा कार्यालयहरु लाई बजेटको व्यवस्थापन गर्न नै समस्या छ । प्रत्येक वडामा पशु प्राबिधिक हुनु पर्नेमा बजेट नहुदा शाखा कार्यालय समेत बन्द गर्नु पर्ने अवस्था आएको पशु शाखा प्रमुख महाबिर साँकीले बताए ।
गत बर्ष पनि अमरगढी नगरपालीकाको बिषयगत कार्यालय पशुसेवा शाखामा न्युन बजेट छुट्याए पछि पशुसेवा संग सम्बन्धीत काम हरु प्रभावकारी हुन सकेन्न । गत आर्थिक बर्ष २०७५र०७६ मा नगरपालीकाले पशुसेवा शाखामा १५ लाख बजेट मात्रै विनियोजन गरेको थियो । १५ लाख मध्ये सात लाख रकम औषधी खरिदका लागी खर्च भयो ।
वर्तमान परिपेक्षमा स्वरोजगार सृजना गर्ने तथा युवा व्यावसायि लाई आकर्षण गर्ने खालका कामहरु कार्यपालीका बाट बजेट न छुट्याईदा हुन नसेको अमरगढी नगरपालिका पशुसेवा शाखा प्रमुख साँकिले बताए ।
थोरै बजेट र थोरै जनशक्तीका कारण लामो समय देखि बाख्रामा लागेको पिपिआर तथा खोरेत रोग समेत नियन्त्रणमा नआउदा किसानका धेरै बाख्राहरु मरेको उनि बताउछन । गत आर्थिक बर्षमा यस शाखाले अमरगढी नगरपालीकाको वडा नं ७ मा कृषक पाठशाला, बोका वितरण र नगरपालीका भरी घांस वितरण बाहेक अन्य काम हुन नसेको सांकीको भनाई छ । पिपिआरका कारण बाख्रमा देखिने समस्या लिएर दैनीक जसो ७०–८० को संख्यामा सेवाग्राही पशुशाखा आउने गरेका छन । उनले भने, नगरपालीको वडा नं ५,६ र ९ मा धेरै समस्या रहेको छ । तर हामि संग यसको कुनै उपचार नै छैन ।
स्थानीय सरकारको उपस्थीती पश्चात पशुपालक किशानहरु लाई केहि सहायता हुनु पर्ने भए पनि आफु संग कुनै औषधी नहुंदा किसानले एग्रोभेट बाट महंगो मुल्यमा खरिद गर्नु ुपर्ने बाध्यता रहेको छ ।
एक करोड बजेट बिनियोजन हुनु पर्नेमा गत आर्थिक बर्षमा १५ लाख बजेट बिनियोजन गरिनु दुःखद नै छ । उनले भने, तर यस आर्थिक बर्षमा त झनै १० लाख मात्र बजेट छुट्याईदा स्थानीय सरकार बाट केहि आश गर्न सक्ने अवस्था छैन । पशुसेवा शाखामा कार्यरत कर्मचारी रामबहादुर खडकाले आफुले पटक पटक नगरपालीकाका पदाधिकारीहरु लाई यस क्षेत्रमा पशु जन्य उत्पादन बढाउन सम्भावना, उत्पादन बारे बताउदै आएको भए पनि न्युन बजेटका कारण किसानहरुले खोर बनाउन नसक्दा बाख्राहरु मरेको बताउछन ।

प्रतिक्रिया दिनुस