दिपक राज दिर्घायु
बैतडी –पेशाले शिक्षक भएपनि कला र गलामा निकै नै अब्बल हुनुहुन्छ बैतडिको मेलौलि नगरपालिका वडा न ८ का बिरुवा राम लुहार । गाउमा केहि कार्यक्रम भएकि उहा त्यो कार्यक्रममा पुग्नुहुनछ । छोटो समयमा नै धेरै तयारि गरि कार्यक्रममा आफनो प्रस्तुति प्रस्तुत गरेर सबैलाई मनोञ्जन गराउनु हुन्छ ।
उहा एउटा कलाकारिता क्षेत्र तर्फ मात्र आबद्ध नभई पेशाले शिक्षक अनि ब्यापारि पनि हुनुहुनछ । गित सगित भनेपछि हुरुक्कै हुने उहा सबैका पिर्य सबेको मनमा बस्न सफल हुनुहुन्छ । आफनो मातृभाषा लाई निकैन माया गर्नु हुन्छ । गाउमा केहि न केहि कार्यक्रम भयो भने चार पाच जाना केटा केटि लाई जम्मा गरेर एउटा बिषयलाई उठान गरि हास्य ब्यङग मार्फत होस या नाटक गरेर होस सबैलाई हसाई केहि न केहि सन्देश दिनु हुन्छ ।
देउडा गितका माध्यमबाट नेता देखि सामान्य सर्बधारण लगायत समसामहिक बिषयबस्तु लाई समेटेर टुक्का बाट ब्यङग्य गर्नुहुन्छ । सानै छदा बाट गित सगितं तर्फ आवद्ध भएका उहा अहिले सम्म पनि निरन्तर लागि रहनु भएको । पछिल्लो समयमा उहा एउटा शब्द सकंलकको रुपमा पनि चिनिनु थाल्नु भएको छ ।
पछिल्लो समयमा उहाले रचना गरेको देउडा टिपिकल कमेडि गित (मेरि लालुरि नै कालि नै गोरि) चर्चित देउडा गायक गोपाल दयाल र कमला दयालको स्वरमा रहेको देउडा गित पनि निकै लोकपिर्य बन्दै गईरहेको छ । ठट्टेउलि शैलिमा तयार पारिएको गितमा केटाले केटिलाई र केटिले केटालाई देउडाको माध्यमबाट ब्यङग्य गरेका छन । गाउठाउमा बोलिने स्थानिय शब्दहरु समेटिएको देउडा गित सबैको मनमा बस्न सफल भएको छ ।जब मेरि लालुरि नै कालि नै गोरि भन्ने गित बजारमा आईसक्यो तब अरु कलाकार हरुले पनि उहालाई यस्ता गित सिर्जना गर्न आग्रह गर्दै सल्लाह सुझाप दिएका छन । आजभोलि उहालाई अन्य धेरै ठाउहरुबाट स्टेज कार्यक्रमको लागि निम्तो आउने गर्दछ । गाउमा केहि सानो कार्यक्रम भएकि उहालाई बोलाउने गर्दछन । उहा पछिल्लो समयमा स्टेज कार्यक्रममा पनि सहभागि हुदै आईरहनु भएको छ । जब उहा स्टेजमा गएर आफनो प्रस्तुति प्रस्तुत गर्नु हुन्छ दर्शक हरुको धेरै साथ पाउनु हुन्छ । उहा जब स्टेज कार्यक्रम गर्दै आईरहनु भएको छ त्यति नै लोकप्रिय बन्दै गईरहनु भएको छ ।

बिशालपुर माबि मेलौलि नगरपालिका वडा नम्बर ९ मा स्थाई शिक्षक रहनु भएका उहा एउटा ब्यापारि पनि हुुनहुन्छ । जब स्कुलको बार्षिकोत्सब आउछ बिद्यालयले उहालाई सास्कृतिक कार्यक्रमको जिम्मा दिनुहुन्छ । कार्यक्रमलाई निकै नै लोकपिर्य बनाउन उहाको बिशेष भुमिका रहन्छ । स्थानिय देउडा गित, कमेडि, गित, गजल, कबिता, लगायत बिभिन्न प्रकारका कार्यक्रम तयार पारेर साना बालबालिका तथा ठुला बिद्र्या्थि हरु लाई तयारि गराएर कार्यक्रमलाई भब्य सभ्य रुपमा प्रस्तुत गराउन हुन्छ ।
उहा भन्नु हुन्छ हाम्रो भाषा सस्कृति लाई जोगाउन पर्छ त्यसको लागि हामिहरुले ढिला नगरि आजैबाट एक्यबद्धता भई लाग्नु पर्छ । पछिल्लो समयमा युवाहरुको चासो गित सगित तिर बढदै गईरहेको भए पनि हामा्रे मातृभाषा तर्फ ध्यान बिस्तारै कम–कम दिईरहेका छन । देउडा गित सुन्न लाज मान्ने, गाउन अल्छि मान्ने, लेख्न मन नपराउने जस्ता कृयाकलाप पछिल्लो समयका युबाहरुमा देखिरहेको छ ।उहा भन्नु हुन्छ,

समयका पिडिहरु लोक, पप, र्याप र हिन्दि गित सुन्ने देउडा गित न सुन्ने, न गाउने, बोल्न पनि लाज माने प्रबृत्ति बढिरहदा हाम्रो मातृ भाषाको साह्रै चिन्ता लागेर आउछ उहा भन्नु हुन्छ । यदि यसरि नै डोटेलि भाषालाई बिर्षदै जाने हो भने डोटेलि भाषा केहि बर्षमै हराउने सबैले बिसर्ने जसमा कारण भोलिका दिनहरुमा हामा्रे सान,मान, ईज्जत र पहिचान गुम्ने भनि दुखेसो पोख्नु हुन्छ । त्यसैले हामि सबैले यो हाम्रो मातृभाषा हो, हाम्रो सान हो, हाम्रो पहिचान हो भनेर बुभ्नु आवश्यक रहेको उहाको भनाई रहेको छ ।

हाम्रो यो डेटेलि भाषा हाम्रो सान मान र ईमान भएकाले आफनो–आफनो समाजका अगुवा, स्थानिय सरकार, पत्रपत्रिका एफ एम रेडियो र मिडिया कर्मिहरुले यो बिषयलाई उठान गरेर रेडियो, टेलिभिजन, युटुब, ईन्टरनेट जस्ता सञ्चारका साधनबाट बाट डोटेलि भाषाका कार्यक्रम सन्देश हरुलाई प्राथिमिकता दिई देश बिदेश सम्म चिनाउनुमा सहयोग गर्यो भने पक्कै पनि हाम्रो यो भाषाका बिकास हुने थियो र सङरक्षण सर्बद्धनमा ठुलो टेवा पुग्ने उहाको भनाई रहेको थियो ।

स्थानिय सरकार सग उहाको माग
स्थानिय सरकारले सर्बप्रथम त हाम्रो यो भाषा सस्कृतिलाई बिशेष प्राथिमिकता दिनुपर्छ । किनभने यहि भाषा सस्कृतिले हामिलाई चिनाएको छ । जुन सरकारले बार्षिक बजेट छुट्याउछ त्यसबाट केहि अशं जति स्थानिय भाषा सस्कृतिलाई जोगाउनको लागि छुट्याउन पर्ने उहाको माग रहेको छ । गाउमा स्थानिय भाषा सस्कृतिका कार्यक्रमको आयोजना गर्ने, सडक नाटक, देउडा प्रतियोगिता लगायत अन्य माध्यमबाट स्थानिय भाषाका कार्यक्रमको आयोजना गरि अझ प्रोत्साहान गर्ने हो भने हाम्रो भाषा सस्कृति लाई जोगाउन सकिन्थ्यो उहा भन्नु हुन्छ ।

युवाहरुलाई उहाको सुभाब र सहयोग ।

युवाहरुको पछिल्लो समयमा हाम्रो डोटेलि भाषा प्रतिको हेराई र बुझाई फरक रहेको छ । सुन्न झ्याउ लाग्ने, सबैको सामु सुन्न लाज लाग्ने, र जसले गाउछ सुन्छ त्यसलाई अलि हेपेर बोल्ने प्रबृत्ति बढिरहेको छ । यसको असर पाहाडि क्षेत्रमा र तराई क्षेत्रमा बढि रहेको छ भन्नु हुन्छ उहा । तराईमा कसैले देउडा गित गायो अथवा सुन्यो भने त्यसलाई पाहाडि, गाउले भनेर हेप्ने गर्दछन । जो मैले देखेको छु अनि भोगेको पनि छु । त्यसैले युबाहरुलाई म भन्न चाहान्छुकि यो हाम्रो डोटेलि भाषाले नै हो तिमिहरुलाई जन्माएको, चिनाएको र हुर्काएको त्यसैले यो भाषालाई बचाउने अभियानमा लाग्नुहोस , यो भाषालाई बिर्षनु , घृणा गार्नु,माया मार्नु , भनेको आफनै जन्मदिने आमाबुबालाई गुमाउनु आफनै जन्मभुमि गुमाउनु हो त्यसैले यो भाषाको सङरक्षण सर्बदंनमा लाग्नुहोस । किनभने यो देश तिमिहरुको हातमा छ यो देशलाई तिमिहरुले चलाउनु छ ।

प्रतिक्रिया दिनुस