दिपकराज भट्ट्

भागेश्वर (डडेल्धुरा) — डडेल्धुरा जिल्लाका विभिन्न गाउँका किसान बाँदरले लगाएको अन्नवाली खान थालेपछि चिन्तित भएका छन । खेती पातिबाट घर खर्च चलाइराखेका यहाँका किसान जंगली जनावरले लगाएको अन्नवाली खान थालेपछि के खाने के लगाउने भन्ने समस्याले पिरोल्न थालेको छ ।
जिल्लामा रहेका ७ वटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको स्थानीयको भनाइ छ । जंगली जनावरले खेतमा लगाएको मकैबाली, ,धान ,दालबाली तथा तरकारी सबै नष्ट गर्ने गरेको भागेश्वर गाँउपालिका ४ डुगरिका स्थानीय करन टमटाको भनाइ छ ।विगत २÷ ३ वर्षदेखि बाँदर र बदेल आतंकले सताएको भागेश्वर गापालिका ४ का स्थानीय करन टमटाले बताए । उनले भने ‘दिन भरि बाँदर धपाउनु पर्छ, राति बदेल र दुम्सि धपाउनु पर्छ अन्य घरको काम सबै छुट्छ के खाने, के लगाउने भन्ने पिर हुन्छ ।’बाँदर र बदेल,दुम्सि ले खेती लापत्ता पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकोमा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको भागेश्वर ५ चुल्लका अन्तराम जोशिले बताए ।

‘लगाएको अन्नवाली जंगली जनाबरले नष्ट गर्ने थालेपछि किसानहरु खेतबारी बाझैँ छोडेर विदेश पलाएन हुने क्रम बढेको छ ।’ उनले भने, ‘केटाकेटीहरुलाई त बाँदर धपाउन गएपछि बाँदरले पिट्ने र युवाहरुले गएपछि मात्रै भाग्ने गरेका छन ।
वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ तर, कृषकले भने राज्यले बालीनालीको उचित क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने उनिहरुले माग गरेका छन । गाउँमा मान्छे भन्दा बाँदर धेरै आउने गरेको छ ।उनले बाँदर , बदेल,दुम्सि धपाउनका लागि स्थानीय प्रशासनले सहयोग गर्नु पर्ने माग गरेका छन । बाँदर आंतक भएपनि स्थानीय सरकारले केही पनि पहल नगरेको भागेस्वर गाउँपालिका—१ का रमेशबहादुर ठकुराठीको आरोप छ । जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको छ ।
जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु, गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका विभिन्न वडामा बाँदर आतंकले मुख्य खाद्यबालीको रुपमा रहेको मकै बचाउन हम्मे–हम्मे परेको छ ।
उता जंगली जनावरको आतंक न्युनिकरणका लागि अजयमेरु गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर २ मा तारजालिको व्यवस्था गरेको अजयमेरु गाउँपालिकाका प्रवत्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष शिवराज भट्टले बताए। जंगली जनावरबाट अन्नवाली जोगाउनका लागि गाउँपालिकाका ६ वटै वडामा तारजालिको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।
यता भागेश्वर गाउपालिका ले भने बादर,बदेल,दुम्सि आतंक न्युनिकरणका लागि कुनै किसिमको पहल नचालेको स्थानियहरुको गुनासो रहेको । बर्षे नि भागेश्वर गाँउपालिकाका विभिन्न क्षेत्रमा बादर आतंक बढदै गएको एक जाना स्थानिय कृषक ठगि टमटाले बताएका छन । पछिल्लो समयमा जानवरको आतंक बढदै गएपछि कृषहरुले मकै,कोदो ,धान कम मात्रामा लगाउने गरेका छन ।

प्रतिक्रिया दिनुस