दिपकराज भट्ट्
डडेल्धुरा , अख्तियारको टोलीले घुस लिएको तीन लाख नगदसहित एक जना सहायक वन अधिकृतलाई समातेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सव–डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ अख्तियारको टोलीले समातेको हो ।
विषेश सूचनाका आधार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनका साथबाट ३ लाख २६ हजार नगद बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।
‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसी ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेछन् र ठेकेदारले पैसा हालिदिएछन् ।’ उनले भने, ‘अरु पैसा निकालेर यताउता पारिसकेको रैछ हाम्रो टोलीले ३ लाख २६ हजार बरामद गरेको छ ।’
उनकाअनुसार डिएसपीको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई समातेको हो। । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुस