कञ्चनपुर ,फाल्गुन ,१२ । शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाले महेन्द्रनगर शाखाबाट ATM सेवा शुरू गरेको छ । सहकारी ऐन २०७४ अन्तर्गत  शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो ATM सेवा विस्तार गेको हो ।

भक्तपुरको कैशलटारमा मुख्य कार्यालय रहेको  शिव शिखर बहुउदेश्यीय सहकारी  संस्थाले देशभरका ३५ जिल्लामा शाखा बिस्तार गरेर सेवा दिने लक्ष्य रहेको छ ।

शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाको ११ बुथको रूपमा महेन्द्रनगरमा रहेको शाखाबाट ATM सेवा बिस्तार गरेको हो । शुदुर पश्चिमको  अत्तरिया ,महेन्द्रनगर ,डडेल्धुराबाट शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाले गार्डन मार्ट डेपाटमेन्टल स्टोर पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुस