कञ्चनपुर, फाल्गुन, १३ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डिलाशैनी गाउँपालिको कार्यालय डिलाशैनी ७ बाट सम्पुर्ण कामकाज सञचालन गर्न पत्राचार गरेको छ।

डिलाशैनी गाउँपालिका को कार्यालय हेरफेर गरी वार्ड नम्वर ३ पन्सेरा सार्न २०७७/८/२१ मा नेपाल सरकारमा प्रस्ताव पेस गरिएको भएपनि सरकार २०७८ /२/३१ मा  फेरबदल भएकोले कारणले उक्त निवेदन बदर भई सम्पुर्ण फाइल फिर्ता भएको हुदाँ केन्द्र हेरफेर सम्बन्धी कुनै निर्णय नभकोएकोले  २०७८/११/१३को सचिव स्तरको निर्णयले डिलाशैनी गाउँपालिका को कार्यालय  ७ मा कार्यालय सञ्चालन गर्न पत्राचार  गरिएको छ ।

२०७८/११/१३को सचिव स्तरको निर्णयले डिलाशैनी गाउँपालिका कार्यालयका लागि नेपाल  राजपत्र मा प्रकाशित भएको स्थान साविको डिलाशैनी गाउँविकास समिति हालको वार्ड ७ बाट गाउँपालिकाको सम्पुर्ण कामकाज सञचालन गर्न  पत्राचार गरिएको हो।

डिलाशैनी गाउँपालिका अध्यक्ष र केहि जनप्रतिनिधिको मनोमानीले गाउँपालिकाको कार्यालको कामकाज  हाल पन्सेराबाट सञ्चालन गरिको छ ।

प्रतिक्रिया दिनुस