कञ्चनपुर, । सुदूरपश्चिम प्रदेश कैलाली,कञ्चनपुर र डडेल्धुराको त्रिबिन्दुमा रहेको नायल गाँउमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम बहादुर आले पुगेका छन । शुक्रबार पर्यटनमन्त्री आलेले नायल गाँउ र ताल क्षेत्रको स्थलगत अनुगमन गरेका हुन । नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य एव नेता सुरेन्द्र बहादुर बमको समन्वयमा विकासबाट उपेक्षित गरिएको ऐतिहासिक मानवियबस्ती नायल गाँउमा पर्यटनमन्त्री पुगेका हुन ।

विकासका पूर्वाधार बिहिन गाँउको आधारभूत विकासका लागि राजनीतिक, प्रशासनिक रुपमा पहल गरिरहेका समाजवादी सुदूरका नेता बमको विशेष आग्रहमा पर्यटनमन्त्री आफै गाँउ ताल क्षेत्रमा पुगेपछि स्थानीय हर्षित भएका छन । समान्य पालिका, जिल्लाका प्रतिनिधी समेत नआएको बस्तीमा संघीय सरकारका पर्यटनमन्त्री आएको भन्दै स्थानीयले मन्त्री आलेको सम्मान गरेका थिए ।

स्थानीय ईन्द्र बोहराले गाँउमा पहिलो पटकमन्त्रीको आगमनले हर्षित भएको बताए । ‘हामी आज यति खुसी छौँ, किन हाम्रो खुसीको सीमा छैन, ‘स्थानीय बोहराले पर्यटनमन्त्री आले समक्ष भने, ‘हामीले सोच्दै नसोचेको भयो, अब गाँउको विकासमा आशावादी छौँ ।’ पर्यटनमन्त्री आलेले ऐतिहासिक गाँउको एकिकृत विकासका लागि गुरु योजना बनाएर आफ्नो तर्फबाट विकास गर्ने बताए ।

‘गाँउमा पुग्न सडक फराकिलो र स्तरबृद्धि गर्नुपर्छ, ‘मन्त्री आलेले भने, ‘अब यो ८÷१० लाख बजेटमा केही हुँदैन, ‘गुरु योजना नै बनाएर विकासका लागि आफ्नो तर्फबाट पहल गर्छु ।’ गाँउको विकासका लागि बजेटको प्रबन्ध गर्ने मन्त्री आलेले प्रतिबद्धता जोहर गर्नुभयो । मन्त्री आलेले गाँउको ऐतिहासिक लोक साँस्कृतिक पुरातात्विकको समेत संरक्षण गरिने बताए ।

नायल गाँउलाई पुर्व डोटी र दक्षिण कञ्चनपुरसम्म जोड्दै ऐतिहासिक प्राकृतिक क्षेत्रको विकासका लागि पहल गर्ने बताए । ‘यो ऐहिासिक ताल मेरै मन्त्रालय भित्र पर्छ, ‘उनले भने, ‘सम्बृद्धिका लागि म मैरै मन्त्रालयबाट पहल गर्छु सडक स्तरबृद्धिका लागि समेत यहाँबाट फर्किए लगत्तै काम गर्नुपर्छ ।’

विगतदेखि सडक बनाउनुपर्ने विषय राखेर समाजवादीकै युवा नेता सुरेन्द्र बमले आफुलाई पटक पटक घचघच्याएको बताउदै उनले आफ्नै पालामा ईआएर भएको बताए । ‘यहाँबाट थुप्रै संसद मन्त्री भए तर, सडक विस्तारका लागि कसैले पनि पहल गरेनन, ‘उनले भने, ‘म वनमन्त्री भएका बेला ईआए स्वीकृत गराएर सडक बनाईयो, अब स्तर बृद्धि गर्नुपर्छ ।’

प्राकृतिक सुन्दरदारले भरिभराउ तालको संरक्षण गर्दै पर्यटकिय गन्तव्य बनाउनका लागि समेत आवश्यक सकै काम गर्ने आश्वासन दिनुभयो । ‘यहाँ तालको विकास भए, पर्यटक आउँछन, गाँउका जनतालाई समेत गाँउमै रोजगारीका अवसर सृजना हुन्छन, ‘मन्त्री आलेले भने, ‘तालसम्म पुग्न सडक स्तरबृद्धि गर्नुपर्छ ।’

पर्यटनमन्त्री आले समक्ष समाजवादी सुप प्रदेशका सदस्य एव नेता सुरेन्द्र बमले गाँउका विद्युतीकरणका बजेट विनियोजन नभईसकेको बताउदै गाँउको विकासका लागि संघीय सरकारका तर्फबाट आश्यक पुर्वाधार निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन । ‘यो हाम्रो सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक गाँउ हो, यहाँ मुगल राजाको बेग्लै ईतिहास छ, ‘तर सरकारको ध्यान नपुग्दा सिङ्गो सुन्दर गाँउ ओझेलमा छ, ‘समाजवादीका युवा नेता बमले भने, ‘यस्ता उपेक्षित गाँउको विकासका लागि संघीय सरकारबाट समेत आवश्यक पहल जरुरी छ ।’

प्रतिक्रिया दिनुस