कञचनपुर, फाल्गुन, १९ । बैतडीको डिलाशैनी गाँउपालिकामा काम नगरेका योजनाको भुक्तानी गराउन कर्मचारीलाइ जनप्रतिनिधिले दवाब दिएको खुलेको छ ।

डिलाशैनी गाँउपालिका अध्यक्षले खानी पानी पाइपलाइन खरिद वाफत भनेर २० लाख गाडि भाडा वाफत ३५ लाख र वातावरणिय अध्यनको नाममा १५ लाखको भुक्तानी गर्ने कर्मचारी लाइ दवाब दिएको गोप्य श्रोतले हाम्रो कालापानी खवर लाई जानकारी दिनुभयो ।

श्रोतका अनुसार काम नगरेका विभिन्न योजनामा लाखौ रकम भष्टाचार गरेर बैतडी जिल्लाकै पहिलो भष्टाचार गर्ने स्थानिय तहको सुचीमा रहेको बताए ।

डिलाशैनी गाँउपालिका अध्यक्ष उकेन्द्र बोहरा केहि दिन देखि काठमाणडौँमा बसेर पटक पटक फोन गरेर गाउँपालिका प्रमुख र लेखा प्रमुख लाइ गाउँपालिकामा कार्यरत कर्मचारीहरुको नाममा भुक्तानीको चेक काट्न दवाब दिएको खुल्नमा आएको दिएको श्रोतको दावि छ ।

 

प्रतिक्रिया दिनुस