कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका नायल भएर सुदूरपश्चिका पहाडी जिल्ला जोड्ने सडक विस्तार भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणि–बंक–दोमिल्ला–नायल भएर सुदूरपश्चिका पहाडी जिल्ला जोड्न सडक विस्तार भएको हो । कञ्चनपुरदेखि भित्रिमधेश नायर भएर डोटी हुँदै सुदूरका पहाडी जिल्ला जोड्ने छोटो दुरीको नायल सडक विस्तार भएसंगै स्थानीय हर्षित भएका छन ।

कञ्चनपुर, कैलाली र डडेल्धुराको मध्य बिन्दुमा पर्ने नायल सहितका आसपासका गाँउमा जोड्ने गरि तराईबाट सडक विस्तार भएसंगै भित्रिमधेशका स्थानीय हर्षित भएका हुन ।

नायलका स्थानीय ईन्द्र बोहराले तराई वाणिदेखि गाँउसम्म नायल सडक विस्तारले आफुहरुलाई ठुलो राहत पाईएको बताए । उनले अहिलेसम्मका मन्त्री संसदले आफुहरुको समस्याप्रति वेवास्ता गरेपनि हालका पर्यटनमन्त्री प्रेम आले विगतमा वनमन्त्री हुँदा सडक विस्तारका लागि रुख काट्ने अनुमती दिएकाले आफुहरुलाई सहज भएको बताए । ‘कैलाली,कञ्चनपुर र डडेल्धुरा क्षेत्रबाट अहिलेसम्म पुप्रै नेताहरु जितेर संसद मन्त्री भए, तर हाम्रा लागि कसैले पहल गरेनन, ‘उनले भने, ‘तत्तकालिन वनमन्त्री हालका पर्यटनमन्त्री प्रेम आलेले ठुलो सहयोग गरेका हुन ।’

कञ्चनपुरको बण्डदेखि नायलसम्म ट्याक विस्तार भएसंगै पर्यटनमन्त्री यस बर्ष समेत गाँउमा आएर अनुगमन गरेको बताउदै उनले पर्यटनमन्त्रीले गाँउसम्म पुग्ने सडक विस्तार र स्तरोन्नतीका लागि पहल गर्ने आवश्वासन दिएसंगै आफुहरु झन हर्षित भएको बोहराले बताए ।

अर्का स्थानीय हरी बोहराले विगतमा थुप्रै नेता कार्यकर्ताले कञ्चनपुरदेखि नायल हुँदै सुप प्रदेशका पहाडी जिल्ला जोड्ने सडक विस्तारका लागि समान्य पहल समेत नगरेको बताए । उनले पर्यटनमन्त्री आले र संसद नर बहादुर धामीले पहल गरिदिएको बताए । ‘यो सडक निर्माण र हामी विकासबाट उपेक्षित गरिएका जनतालाई सडकको पहुँचमा पु¥याउन समाजसेवी समेत रहेका नेकपा एकिकृत समाजवादीका नेता सुरेन्द्र बमले समेत संसद,मन्त्री र सरकारी निकाय घचघच्याए, ‘उनले भने, ‘तत्त नेता, संसद मन्त्री र सरकारी निकायको तदारुकताले सडक विस्तार भएको छ, अब कालोपत्रे गर्नुपर्छ ।’ नायल गाँउ पर्यटकिय सम्भावना बोकेको गाँउ भएकाले समेत सरकारी स्तरबाट सडक स्तरोन्नतीका लागि पहल गर्नुपर्ने उनको भनाई छ । सडक नहुँदा तराई २२किलोमिटर मात्रै रहेको नायल सहितका गाँउका स्थानीय मारमा पर्दै आएका छन । सडक विस्तारले गाँउको विकास हुने बोहराको भनाई छ ।

नायलकी स्थानीय महिला पदमा बोहराले तराई वाणि क्षेत्रमा पुग्नका लागि सडक हुँदा सकस हुने गरेको अहिले ट्याक खुल्दा समेत केही राहत पाईएको बताए । एक बर्षमै सडकको ट्याक खोलिएपछि स्थानीयलाई ठुलो राहत पुगेको थियो ।

गत आर्थिक बर्ष २०७७÷०७८ फागुन दोस्रो सातादेखि कञ्चनपुरको कृष्णपुर नगरपालिका १ वण्ड भएर डोटीको नायल जोड्ने सडक विस्तार भईरहेको थियो ।

 

पाँच बर्ष अघि आर्थिक बर्ष २०७२÷०७३ सालमा सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट वंक दोमिल्ला नायक बुडर सडक विस्तारका लागि ठेक्का भएको सडकको काम रुखको कटानी आदेश नपाएका कारण रोखिएको थियो । सडक निर्माणको कोषी एण्ड न्यौपाने÷बन्दन भगवती जेभीले ठेक्का पाएको थियो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दिपक नेगीले सडक छेउछाउका रुख काट्ने र ट्याक खोल्ने काम भएको बताएका थिए । उनका अनुसार तीन करोड ७८ लाखमा ठेक्का सम्झौता भएको सडकको साढे ९ किलोमिटर ट्याक खोलिने र २० किलोमिटर क्षेत्रमा पर्ने रुख काटेर व्यवस्थापन गरिने बाँकी साढे ९ किलोमिटर सडकको ट्याक खोलिएको छ । हाल साढे पाँच मिटर चौडाई सडक विस्तार गरिएको छ । वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन वन मन्त्रालयबाट स्वीकृत भएर सडकको काम अघि बढेको उनले बताएका थिए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार सडकमा पर्ने झण्डै एक ४ सय ६६ रुखमध्ये १ एक हजार ३ सय ७८ रुख कटानीका लागि आदेश अनुरुप ४४ हजार क्यूफिट काठ र ३६ हजार क्यूफिट दाउरा संकलन भएको थियो । गत बर्ष सडक शिलान्यास गरेका प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले

सडक विस्तारसंगै कञ्चनपुरको आर्थिक, समाजिक एव साँस्कृतिक विकास हुने अपेक्षा राखेका थिए ।

संसद धामीले आफ्नै पहलमा विगत पाँच बर्षदेखि रोकिएको काम शुचारु भएको बताएका थिए । सडक विस्तारका लागि नेता, संसद, मन्त्री एव सरकारी सरोकारवाला निकाय घचघच्याउँदै आएका नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य सुरेन्द्र बहादुर बमले सडक स्तरोन्नतीका लागि सरकारी निकायबाट चासो दिनुपर्ने बताए । ‘यो सडकको ट्याक खुसिसकेको छ, ‘उनले भने, ‘अब यस क्षेत्रको पर्यटन एव अन्य विकासका लागि सडक स्तरोन्नती गर्नुको विकल्प छैन, यसमा प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्छ ।’ कृष्णपुरका नेकपा माओवादी नेता शुशिल शाहले ट्याक खुलेसंगै सरकारी सम्बद्ध पक्षबाट सडक कालोपत्रेका लागि काम अघि बढाउनुपर्ने बताए । उनले तराई पहाड जोड्ने छोटो दुरीको सडक विस्तारका लागि सरकारी चासो आवश्यक रहेको बताए । उक्त सडक विस्तारसंगै कञ्चनपुरबाट डोटीको बुडर पुग्न केही समय मात्रै लाग्नेछ । नायल सहितका गाँउ प्राकृतिक ऐतिहासिक ताल पर्यटकीय क्षेत्रको समेत विकास हुने अपेक्षा गरिएको छ । कञ्चनपुरका स्थानीयले अत्तरिया भएर घुमाउरो सडक प्रयोग गर्र्दै सुप प्रदेशका पहाडी जिल्ला घण्टौँ समय लागेपनि नायल भएर बुटर छोटो समयमै पुग्ने भएपछि भित्री मधेशका गाँउको आर्थिक समाजिक एव साँस्कृतिक विकास हुने सरोकारवालाले प्रक्षेपण गरेका छन ।

प्रतिक्रिया दिनुस