कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव महाधिवेशन प्रतिनिधी प्रकास राज पन्तले बेलौरी नगरका मेयर पोतिलाल चौधरी धन्यवादका पात्र भन्दै खुलेरै प्रसंसा गरेका छन । काँग्रेस महाधिवेशन प्रतिनिधि एव कालिका मन्दिर निर्माण समितिका अध्यक्ष पन्तले बेलौरी नगरका प्रमुख चौधरीको खुलेरै प्रसंसा गरेका हुन ।
काँग्रेस नेता पन्तले मेयर चौधरीलाई विकासवादीको संज्ञा दिदै नगर प्रमुख पोतिलाल चौधरी धन्यवादका पात्र रहेको बताएका छन । बेलौरीको ऐतिहासिक कालिका मन्दिर निर्माणकार्यमा हालसम्म नगर प्रमुख चौधरीले महत्वपूर्ण सहयोग गरेको भन्दै पन्तले मेयर चौधरीलाई धन्यवाद तथा आभार प्रकट गरेका छन ।
बुधबार मन्दिर मूल प्रवेशद्वार जडान कार्यक्रम समारोहकाबीच निर्माण समिति अध्यक्ष पन्तले नगर प्रमुख चौधरीलाई सम्मान गर्दै उनको खुलेरै प्रसंशा गरेका छन । कालिका मन्दिर निर्माणमा जत्तिको सहयोग सद्भाव र हौसला नगर प्रमुख चौधरीले प्रदान गरे त्यति अरुबाट नपाएको बताए ।
आज निर्माणकार्य अन्तिम चरणसम्म आइपुग्दा वडा अध्यक्ष अर्जुन ढकालको सहयोग पनि अपरिहार्य रहेको उनको भनाई थियो । ‘मन, वचन र कर्मले लागेका भक्तजन लगायत देश विदेशमा छरिएर रहेका सहयोगी हातहरु, समाजसेवी, बुद्धिजीवी एव विभिन्न पार्टी पंक्तिहरुको पनि उत्तिकै सहयोग रहेको पन्तले बताए ।
मुख्य गरेर नगर प्रमुख चौधरी सहितको सहयोग अतुलनिय भएको पन्तले बताए । यद्यपि विवाह ब्रतवन्धका लागि पनि मन्दिरलाई अझ आकर्षक र प्रभावकारी बनाउन पर्खाल सहित थप केही संरचना निर्माण गर्नुपर्ने देखिन्छ तर हाल रकम अभाव भएको पन्तले बताए ।
‘निकट भविष्यमा यो पनि पूरा गर्ने लक्ष्य रहेको छ, ‘पन्तले भने, ‘कालिका मन्दिरमा तीन काष्ठकला ढोका रहेका छन ।’ कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी बजारको मुटुमा रहेको ऐतिहासिक कालिका मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । त्यसको संरक्षण, सम्र्बद्धन गर्नु पर्ने पन्तको भनाई छ ।