कञ्चनपुर । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णदत्त भट्ट(किरण) चयन भएका छन । सुदूरपश्चिम प्रदेश सरकारले रिक्त रहेको अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा भट्ट सहित सदस्यको पदपूर्ति गरेको छ ।

भट्ट यस अघि अस्पताल व्यवस्थापन समितिको सदस्य थिए । भट्टको कुसल कामको मुल्याङ्कन गर्दै फेरी अध्यक्षकै जिम्मेबारी दिएको छ । अध्यक्षमा भट्टसंगै सदस्य तर्फ युवा नेता बिरेन्द्रराज विष्ट, रघुबिर धामी(तुफान) र हिरामान श्रेष्ठलाई नियुक्त गरिएको छ ।

विष्ट अखिल क्रान्तिकारी, धामी वाईसियल नेता र अध्यक्ष भट्ट, सदस्य श्रेष्ठ समाजवादीका युवा नेता हुन । अहिले महाकाली अस्पताल व्यवस्थापन समितिले युवा नेतृत्व पाएको छ । अध्यक्ष भट्ट सहित सदस्यले अस्पतालको बृद्धि विकासका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस