कञ्चनपुर चैत ४ । महेन्द्रनगरमा रहेको महाकाली पार्देशिक अस्पताल व्यवस्थापन समिति अध्यक्षमा समाजसेवि कृष्णानन्द भट्ट(किरन) नियुक्त भएका छन ।

बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समिति अध्यक्षमा भट्टलाई र सदस्यमा विद्यार्थी नेता विरेन्द्र भट्ट, रघुविर धामी(तुफान)लाई नियुक्ति गर्ने निर्णय गर्नुका साथै सहित सुदूरपश्चिमका अन्य अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको हो ।

डोटी अस्पताल बाहेकका अन्य अस्पतालमा व्यवस्थापन समिति नियूक्त गरेको सुदूरपश्चिम सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।

प्रदेश सरकार मातहात रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय भएको मन्त्री जोशीले बताईन ।
सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नर बहादुर शाह लाई नियुक्ति गरिएको छ ।

टीकापुर अस्पतालमा झपटबहादुर सोडारी नियुक्त भएका छन् । यस्तै, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियूक्त गरिएको मन्त्री जोशीले बताइन् ।

डोटी जिल्ला अस्पतालको सबै प्रक्रिया पुगिसकेको तर कागजपत्र प्राविधिक कारण आउन नसकेका कारण नियुक्त गर्न ढिलाइ भएको कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।

प्रतिक्रिया दिनुस