कञ्चनपुर चैत्र २७ । नेकपा एमाले डिलाशैनी गाउँपालिका अध्यक्षको उमेदवार छनोटका लागि सिफारिशबाट असन्तुष्टी बढेपछि असन्तुष्ट टिमको तर्फबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
आइतबार डिलाशैनी गाउँपालिकाको मध्यभाग धामीगाउँमा आमसभाको आयोजना गरेर गाउँपालिका अध्यक्ष पदमा उनले उम्मेद्वारी दिने घोषणा गरेका हुन।आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले अध्यक्ष पदका लागि उनको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेद्वारी घोषणा गरेका हुन । उनले डिलाशैनीबासी उपस्थित रेहको स्थानियको बिचमा बृहत आमसभामा अध्यक्षपदका लागि उम्मेदवारी घोषणा गरेको छन् ।
प्रतिक्रिया दिनुस