कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरका सबै वडाहरुमा चुनावी राजनीतिक प्रशिक्षण दिएकोछ । माओवादी केन्द्रले वडा स्तरका नेता कार्यकर्तालाई आइतबार एक साथ चुनावी प्रशिक्षण दिएको हो । आशन्न स्थानीय तहको निर्वाचनलाई मध्य नजर गरेर माओवादी केन्द्रले जिल्ला पालिका हुँदै वडा स्तरका नेता कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।

माओवादी केन्द्र कञ्चनपुरका युवा नेता जनक राज जोशीले एकसाथ जिल्लाका ९वटै पालिकामा ९२ वडाहरुमा वडा कमिटिलाई प्रशिक्षण दिईएको बताए । माओवादी युवा नेता जोशीका अनुसार कृष्णपुर, पुनर्वास, बेलौरी, बेलडाँडी, लालझाडी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त सहित दोधाराचाँदनीका सबै वडाहरुमा राजनीतिक प्रशिक्षण दिईएको छ ।

जिल्ला स्तरका नेताहरुले वडा स्तरका नेता कार्यकर्ताहरुलाई चुनावी राजनीतिक प्रशिक्षण दिएको हो । ‘वडा स्तरको राजनीतिक प्रशिक्षणमा नेताहरुले सबै वडाहरुमा माओवादीले जिते मात्रै दिगो विकास र जन चाहना अनुरुप सम्बृद्धि हुने विषय वडा स्तरका नेता कार्यकर्तालाई बुझाएका छन, ‘नेता जोशीले भने, ‘माओवादीकै संघर्षका कारण आएको संघीयता एव सिहदरबारको अधिकार गाँउ गाँउसम्म त्यसलाई कार्यान्वयन गर्न माओवादी नेतृत्व नै चाहिन्छ ।’

जसको नीति उसैको नेतृत्व नहुँदा जनताले चाहे अनुरुप काम गर्न नसकिएको माओवादी नेताहरुको भनाई छ । माओवादी केन्द्र वडा स्तरका नेता कार्यकर्ताहरुले जनता माओवादीकै पक्षमा भएको र माओवादीले ल्याएका उपलब्धी बारे बुझाउन नसक्दा जनताले जनमत अर्को पार्टीलाई दिईरहेकाले जनतालाई स्पष्ट बुझाउनुपर्ने बताए ।

माओवादी केन्द्रले ल्याएका उपलब्धी संस्थागत गर्दै गाँउलाई सम्बृद्धि बनाउन समेत माओवादी केन्द्रकै नेतृत्व अपरिहार्य रहेकाले चुनावी अभियानमका खटिन समेत नेताहरुले कार्यकर्तालाई निर्देशन दिएका छन । माओवादी केन्द्रले नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिदै उम्मेदवार छनौटको काम समेत वडास्तरबाटै छनौट गरेर माथिल्ला कमिटिमा पठाउने भएका छन ।

पाटीले निर्धारण गरेको मापदण्ड अनुरुप उम्मेदबार छनौट गरेर सिफारिस गर्न लागेका छन । यस अघि ०७४सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले दुई पालिका सहितका दर्जनौँ वडा जितेको थियो । गठबन्धन भए आबद्ध पाटीका नेता कार्यकर्ताले ईमान्दारिता गरे राम्रो जनमत हासिल हुने अपेक्षा गरिएको छ ।

माओवादी केन्द्रले जिल्लाका सबै वडाहरुमा टोल कमिटि विस्तार गर्दै चुनावी अभियानमा खटिएको छ ।

प्रतिक्रिया दिनुस