स्थानीय सरकार संचालन ऐन २०७४ र नेपालको संविधानको मुल मर्म र भावना अनुसार संघीयता कार्यान्वयन र संघीयताको बिकास र समृद्धिको आधार स्तम्भको रुपमा रहेको पद हो वार्ड अध्यक्ष !नेपाली नागरिकको सबैभन्दा नजिक र न्यास्रोमा हसिलो मुहार सिर्जना गर्न सक्ने हैसियत र क्षमताको पद हो।

राष्ट्रप्रमुख,सरकार प्रमुख अनि अन्य उपल्ला दर्जाका पद भन्दा वार्ड अध्यक्ष पद सङ्ग नेपालका हरेक नागरिकको प्रत्यक्ष साइनो र सम्बन्ध रहन्छ। नागरिक जन्मेको प्रमाण देखि मृत्यु बरणको खबरमा सबैभन्दा पहिला सुसूचित हुने पद नै वार्ड अध्यक्ष पद हो।

सबै अर्थबाट भन्दा सिहदरबार र शितलनिवास भन्दा गरिब बिपन्न बिपत्ति र बिबस्तामा बरालिएका नागरिकको जिवनमा मल्हम लगाउने सबैभन्दा पहिलो र ठुलो पद वार्ड अध्यक्ष हो भन्दा अत्युक्ति नहोला। तर यसपदको प्राप्तिका निम्ति सबै तह र तप्काको प्रयोग गरि पद प्राप्तिका खातिर लागि पर्ने चहाना प्राय सबैको हुन्छ नै। यो पद भने जस्तो सजिलै प्राप्त हुँदैन र पद प्राप्तिमा फलामको चिउरा नै चपाउनु पर्ने स्थिति पनि सबै ठाउँ र परिवेशमा हुदैन पनि।यो पदको सदुपयोग र दुरुपयोग के गर्ने भन्ने कुराको बिशेशाधिकार नेपालको संविधानले नेपाली नागरिकलाइ मात्रै प्रदान गरेको हुँदा यसमा नागरिकले आबेग भन्दा विवेकको प्रयोग गर्न सकेमा गाउँको मुहार फेरिन्छ।समृद्धि र बिकासको शिलान्यास हुन्छ।यदि यो पदमा खेलाचि गरियो बिबेक र बिचारको उच्चतम प्रयोग भएन भने नागरिकले पुर्पुरोमा हात लाउनु र पचुतोको स्वास लिनु शिबाय केहि रहदैन।

यसमा हरेक सभ्य सुसंस्कृत र सुचित नागरिकले जिम्मेवार हुनु अपरिहार्य छ।यस पदमा राम्रो ब्यक्ति उम्मेदवार बनाउनु राजनीतिक दल र सम्बन्धित सबैको लागि गौरवकै विषय हो। राजनीतिक दलले जनताको मर्म भावना र बिचार बिपरित उम्मेदवार चयन गर्यो भने पार्टिको जरा बलियो बन्दैन भने नागरिकले आफुले राज्यबाट प्राप्त लाभ समयसापेक्ष अनि नियमानुसार प्राप्त गर्दैनन्।यसमा खुशी ब्यक्त गर्ने ठाउँ न राजनीति पार्टि न सरकार न त नागरिक कोहि पनि सन्तुष्ट अनि गौरबाम्बित हुन सक्दैन।

आज स्थानीय चुनावमा म लगायत लाखौं युवाको चाहाना र भावना एउटा मात्रै हो त्यो आफ्नो वार्डमा सबल सक्षम र सुपृय वार्ड अध्यक्षको जित होस।चिल्ला नारा र खोक्रा भासण अनि सपनाको सांसारमा डुबाउने नेता भन्दा भएको स्रोत र साधनको उच्चतम प्रयोग गरि थोरै भए पनि वार्डको मुहार फेरोस। राज्यले नागरिकका लागि छुट्याइएको सेवा र सुबिधा चुस्त र दुरुस्त तवरले नागरिक खुशी भएर ग्रहण गर्न सकोस्। यो भन्दा धेरै अपेक्षा वार्ड अध्यक्षमा हुँदैन र छैन पनि।वार्डमा भएका स्वास्थ्य सस्थामा नेपाल सरकारले दिएको औसधि नागरिकले सजिलै प्राप्त गरुन।बिधालयमा शिक्षकहरुले खुशी भएर बिधार्थिलाइ शिक्षण गरुन।वार्डमा रहेका कर्मचारीलाइ समयमै सेवा प्रबाह होस,यहि अपेक्षा हुन ।

बिद्यालयमा भवन मात्रै भएर होइन ति भवनमा शिक्षक बिद्यार्थि खुशि पार्नु स्वास्थ्य सुबिधाबाट बन्चित नहुनु लगायतका अन्य आधारभुत सेवामा वार्ड अध्यक्ष जिम्मेवार भएर लागेको हेर्ने इच्छा म जस्ता हरेक युवाको हो। यहि इच्छा र चाहाना पुरा गर्न हामि आम युवाले आफ्नो वार्डमा सबैभन्दा कम भ्रस्टाचार गर्ने,नागरिकको बिचार निशर्त र निस्कलन्क तवरले पुरा गर्ने वार्ड अध्यक्ष छनोट गर्नुपर्छ। राम्रो ब्यक्ति जुनसुकै पार्टि क्षेत्र बर्ण लिङ्ग जात अनि भूगोलको होस हसर्स स्वीकार गर्नुपर्छ।पैसा र शक्ति गौण ठानि गाउँको बिकासका खातिर लाग्ने जो कोहि लाइ भोट दिनुपर्छ भन्ने मेरो मान्यता हो। यहि मान्यतालाइ तपाईं हामि सबै सचेत नागरिकले पालना गरे नेपालका कुनै पनि नेतालाइ पसल र चौतारीमा बसेर गालि गर्नु पर्दैन।

हामि आफ्नो भाग्य र भबिस्यका मालि आफै बन्ने हो।लहलय पैसा अनि उस सङ्गको साइनो र सम्बन्ध होइन उसको भिजन हेर्ने हो।उसले बिगतमा गरेका काम हेर्ने हो अनि चुनावको अघिल्लो रात १ घण्टा सोच्ने हो।अनि आफ्नै ब्रहमले सहि ठहर्‍याएका उम्मेदवारलाइ निसन्कोच भोट दिने हो।एकदिनको रक्सि मासु चिसो र चुरोटले ५ बर्ष पचुताउनु नपर्ने स्थिति सिर्जना गर्नु अहिलेका पुस्ताको जिम्मेवारी हो।

यदि खराव मध्येको एउटा पनि कम खराब भएन भने स्वतन्त्र ब्यक्तिलाइ वार्डको जिम्मेवारी बोकाउन पनि हामि पछि पर्नु हुन्न भन्ने मान्यता राख्नुपर्छ। वार्ड अध्यक्ष निर्बाचित भएपछि भता नलिने भन्दा लिने वार्ड अध्यक्षलाइ भोट दिने हो।किनकि पैसा बिना केहि काम हुदैन।उसको पनि परिवार हुन्छ, समाज अनि ब्यक्तिगत जिवन अपवाद बाहेक केहिले मात्रै बिना पैसा काम गर्लान तर पैसा र भता सबैको मनबाटै चाहिन्छ नै।त्यसैले भता र तलब दुबै लगोस तर गाउँ राम्रो बनाउने अनि नागरिक खुशी पार्ने अध्यक्ष अनिवार्य र अपरिहार्य हो। बसन्तको टन्टलापुर घाम अनि हेमन्तको कठ्याङ्रीदो जाडोमा वार्ड कार्यालयमा गएका ८० बर्षको वृद्ध आमा र बुवा अनि एउटा लठ्ठीको सहारामा वार्ड कार्यालयको गेट्मा पुगेको असक्त नागरिकलाइ भोलि आउनु अहिले सचीव छैन भन्ने भन्दा उहाँहरुलाइ अफिसमा बसाएर चिया र पानी खुवाएर हातमा भता दिने वार्ड अध्यक्षको खाचो छ।बिपन्न बिपत्ति बेसहारा र बेवारिसे नागरिकको ज्युदा भगवानको रुपमा वार्ड अध्यक्ष नागरिकको मनमा बस्न सकोस्। त्यस्तो ब्यक्तिको छनोट हरेक राजनीतिक पार्टिले छनोट गर्न सक्षम बनुन। म लगयत सबैको चहाना यहि हुनसक्छ।
बलराम जोशी,
शुक्लाफाँटा ०१ कंचनपुर

प्रतिक्रिया दिनुस