कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका सचिवालय सदस्य तथा बेलडाँडी गाँउपालिका सह ईन्चार्ज अक्कल बहादुर विष्टले समाजिक सञ्जाल मार्फत नेता कार्यकर्ता र जनता धम्क्याउदै हिडेका छन । गाँउपालिका अध्यक्षमा जुनियर नेता कार्यकर्ता देखिन थालेपछि उनले समाजिक सञ्जालमा नेता कार्यकर्ता धम्क्याउन हिडेको एमाले बेलडाँडीका नेताहरुले बताएका छन ।

एमाले बेलडाँडीका नेता एव एक जनप्रतिनिधीले अक्कल विष्टले अघोषित रुपमा नेता कार्यकर्ताहरुलाई धम्क्याईरहेको बताए । एमाले कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्य हारेका तर पछि जिल्ला एमालेले जिल्ला कमिटी सचिवालय सदस्यमा मनोनीत गरेका विष्टले चुनाव हारेकै दिन आफुलाई हराएको भन्दै नेताहरूलाई सार्वजनिक स्थलमै गालीगलोच गर्दै सामाजिक सञ्जालमा घृणितरूपमा भाइरल भएका बिष्टको अर्को तुच्छ फण्डा बाहिरिएको छ ।

बिष्टले हिजो राती २ पटक फेसबुक स्टाटस राख्दै उनेले धम्की पूरा भाषा लेखेका छन् उनले दुई पटक यस्तो लेखेका छन् ूधेरै हिरो नबन्दा राम्रो होला र जीवन भरी पचुताउनु प्रर्ला जस्ता धम्की पुर्ण स्टाटस लेखेका थिए । यस्तो कसका लागि लेखेका हुन कुनै कारण खुलेको छैन् ।

जिम्मेवार नेताका यस्ता गैरजिम्मेवारी अभिव्यक्ति बेलाबेला बाहिरिने गरेको भन्दै एमाले बेलडाँडीकै नेता कार्यकर्ता रुष्ट भएका छन । एमाले बेलडाँडीको अध्यक्षमा लागि दाबेदार रहेका उनी कहिले पाटी छाडेर माओवादी भएका र माओवादी छाडेर पनि एमाले भएको भन्दै पाटी चाड्ने नेताहरुलाई टिकट नदिन बेलडाँडीका केही नेताहरुले जिल्ला, प्रदेश र केन्द्रका नेताहरुसंग अक्कलको विषयमा टिकट दिन नहुने दवाव दिर्दै आएका छन ।

समाजिक सञ्जाल बारे कसलाई धम्की दिएको हो भन्ने बारे बुझ्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुस