कञ्चनपुर भाद्र १ , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ नौखरीमा एक युवती माथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन । शुक्लाफाँटा नगरपालिका ९ नौखरीकी १५ बर्षिय युवती सामुहिक बलात्कार भएकी छिन् ।

सामुहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी झलारीले २ जनालाई पक्राउ गरेको छ भने बाकी ३ जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका ११ का १९ बर्षिय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेस ऐर रहेको झलारी प्रहरी निरीक्षक नैनसिंह साउँदले जानकारी दिन्भयो ।

उनका अनुसार घटनामा ५ जनाको संलग्नता रहेको पिडित युवतीको बयान रहेको बताउनु भयो । पक्राउ परेका व्यक्ति माथि थप अनुसन्धान भइरहेकोे छ ।‘घटनामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको छ । पक्राउ परेका व्यक्तिको साथबाट एक मोटरसाईकल बरामद गरेको जनाइएको छ ।

ती १५ बर्षीय युवती विवाहीत हुन र १ सानो छोरा समेत रहेको जनाइएको छ । श्रीमान रोजगारीका लागि भारत भएका बेला धाकधम्की दिएर ५ जना बलात्कार गर्न आएको २ जनाले बलात्कार गरिसकेको पिडित महिलाले बताइन । युवतीको हिजोनै स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण रिर्पोटमा बलत्कार भएको देखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुस