महेन्द्रनगर,  भदौ १ ,कञ्चनप्रको महेन्द्रनगर बजारमा ट्राफिक व्यवस्थापन अभियान सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको अगुवाईमा वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र हेल्प नेपाल लगायतका संघ संस्थाले संयुक्त रुपमा अभियान अभियान सुरु गरेका छन् ।

महेन्द्रनगर बजारको गल्ली नं ४ र ५ बाट आइतबार संयुक्त रुपमा अभियान सुरुवात गरिएको छ । यो अभियानका बजारका सबै गल्लीहरुमा सञ्चालन गरिने भएको छ ।
भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले अव्यवस्थित सवारी पार्किङ्गले ट्राफिक व्यवस्थापनमा समस्या आएपछि अभियान सुरु गरिएको बताउनु भयो । ‘सडकमा अव्यवस्थित पार्किङ्ग सडकमा ट्राफिक व्यवस्थापनमा समस्या देखियो, सडक अस्तव्यस्त भएर दुर्घटनाको खतरा बढ्यो’ ‘ट्राफिक एक्लैको प्रयासले समेत नसकिने भएकाले संयुक्त रुपमा अभियान सञ्चालन गरिएको छ ।’

दुबै गल्लीका व्यवसायी र बैंक तथा वित्तिय संस्थासंग कारोबार गर्ने व्यक्तिहरुलाई भित्री गल्लीमा सवारी पार्किङ्ग गर्न आग्रह गरिएको छ । सडक यात्रुलाई बढी समयका लागि भए भित्री गल्लीमा पार्किङ्ग गर्न अनुरोध गरिएको छ ।
महेन्द्रनगर बजारमा गल्ली नं ५ सबैभन्दा बढी व्यस्त गल्ली हो । अव्यवस्थित पार्किङ्गले गल्ली नं। ५ क्याम्पस ट्राफिक व्यवस्थापन असहज भएको छ ।

ट्राफिक व्यवस्थापनसंगै आइतबार सडक किनारमा राखिएका बालुवा, गिट्टी लगायतका निर्माण सामग्रीलाई समेत हटाइएको छ । हेल्प नेपालका अध्यक्ष चन्दले संयुक्त रुपमा सुरु गरिएको ट्राफिक व्यवस्थापन अभियान राम्रो भएको उल्लेख गर्दैै यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।

वडा प्रहरी कार्यालयका इन्चार्ज मोहनजङ्ग बुडथापा, सामुदायिक प्रहरी सेवा केन्द्रका बिमल खडायत, हेल्प नेपालका मदन बहादुर चन्द, ट्राफिक प्रहरी, नगर प्रहरी लगायत सरोकारवाला सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुस