कञ्चनपुर,भाद्र २ कञ्चनपुर जिल्लाका महिला अधिकारकर्मीहरुले शुक्लाफाँटा नगरपालिका नैखरीकी १७ बर्षिया विवाहित किशोरीमाथी भएको सामुहिक बलात्कारको घटना निष्पक्ष छानबिनको माग अघि सारेका छन् ।

महिला अधिकारकर्मी माया नेगी नेतृत्वको टोलीले सोमबार पीडित परिवारलाई भेटेर न्यायका लागि पहल गर्ने आवश्वासन दिएका थिए । अधिकारकर्मी नेगीले पीडित परिवारलाई दोषि जुनसुकै शक्तिवाला भएपनि कानुनको दायरामा ल्याउनका लागि सिङ्गो महिला अधिकारकर्मी लाग्ने बताएका थिए ।

‘बलात्कारी जो सुकै किन नहोस, कार्बाही गर्नुपर्छ , ‘उनले भनिन, ‘पैशामा मिलाउने यो मुद्र्दै होईन् ।’ पीडित किशोरीलाई न्याय दिलाईनुपर्ने अधिकारकर्मी नेगीको भनाईछ । अधिकारकर्मीले केही राजनीतिक दलका नेता एव व्यक्तिले सामुहिक जघन्य जस्तो गम्भिर अपराध मिलाउनका लागि रकमको विषय उठान गरेर चलखेल गरिरहेको भन्दै त्यस्तो चलखेलका पछि नपर्ने प्रहरीलाई आग्रह गरेका छन् ।

पीडितले अधिकारकर्मी नेगीसंग अप्राकृतिक रुपमा बलात्कार गरेर कसैलाई भने मारिदिने धम्की दिएको समेत खुलासा गरिन् । एक शिशुकी आमा पीडितले सामुहिक बलात्कार मात्रै गरेनन् । घरबारै डामाडोल पारिदिएको दुखेसो पोखिन् ।

महिला अधिकारकर्मीले बलात्कार जस्तो अमानविय घटना लुकाउन खोज्ने, मिलाउन खोज्ने जुनसुकै समुह व्यक्ति भएपनि कार्बाहीको दायरामा ल्याउनुपर्नेमा जोडदिए । घटना स्थलमा रहेका पाँचै जना बलात्कारी रहेको बताउदै उनीहरुले दुई मात्रै पक्राउ पर्नु, बाँकीलाई भगाएको समेत आरोप लगाएका छन् । तर, झलारी प्रहरीले घटनाको निष्पक्ष छानबिन भईरहेको समेत दावि गरेको छ ।

प्रतिक्रिया दिनुस