दिपकराज भट्ट
डडेल्धुरा भाद्र २ , डडेल्धुरामा सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ हुने भएको छ । विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो ।
गौरा महोत्वस यहीँ भदौ ९ गते देखि १२ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ।
महोत्सवमा प्रतिस्प्रधात्मक गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुईच्म्फा, हुडकेली, महिला तथा पुरुष खुल्ला डेउडा प्रतियोगिताको आयोजना हुने राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताए।
‘महोत्सवमा पनि हामि संस्कृतीको ख्याल गर्दै परम्परा अनुसार नै मनाउने छौ’ उनले भने, ‘कला संस्कृतीलाई प्रतिसपर्धातात्मक रुपमा प्रतियोगिता राखी उत्कृष्ट लाई सम्मान स्वरुप नगद, कदर पत्र सहित पुरुस्कृत विगतका वर्षहरुमा पनि गर्दै आएका छा ैं। यस वर्ष पनि गर्दैछा ैँ। जसले गर्दा यहाँको स्थानीय कला संस्कृतीको सम्मान पनि होस् र युवापिढीमा हस्तान्तरण पनि होस् भन्ने हाम्रो उद्देश्य छ ।’
सुदूपश्चिमको मुख्य संस्कृतीका रुपमा भगवान तथा राजा महाजन, शक्तिशाली ठानियका चर्चित व्यक्तिहरुका गाथा भन्दै चैत धुमारीमा स्थानीय बाजागाँजा ढोल, डमरु, दमाह, रुईसिंग, बिनै, बाँसुरीको धुनमा रमाउने परम्परा युवा पुस्तामा भने छाउन नसकेकोप्रति स्थानीय अगुवा तथा वृद्ध निरास छन ्।
महोत्सव रमाइलोका लागि भन्दा पनि चैत धुमारी जस्ता संस्कृती युवा माझमा हस्तान्तरण गर्न अभिप्रेरित गर्नु पर्ने स्थानीय संस्कुतिका जानकारहरु बताउँछन्। राष्ट्रिय गौरा महोत्सवमा डडेल्धुरासहित बैतडी, डोटीका साथै तराइका जिल्ला कैलाली, कञ्चनपुरबाट समेतका डेउडीयाहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुस