कञ्चनपुर भाद्र ३ ,सुदूरपश्चिमेली हरुको महान पर्व गौरा आज शुरु शुरु भएको छ ।आज पञ्चमीका दिन महिलाहरूले सामुहिक रुपमा बिरुडा ५ प्रकारका अन्न मिसाएर बनाइने र स्थानीय जलाशयमा गएर भिजाउने गरिन्छ साथै दोस्रो दिन परम्परागत रुपमा कुवा पानीको धारा तथा ( नाउलामा) बिरुडा धुने गौराका गित गाउने तथा गौरा पूज्ने गरिन्छ ।

त्यसैगरी तेस्रो दिन अथवा सप्तमीका दिन गौरा भित्र्याउने चलन छ । एक साता मनाइने गौरा धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व वोकेको प्रमुख पर्व पनि हो । ‘गौरा पर्व मात्र नभएरसुदूरपश्चिमेलीहरुको सभ्यता पनि हो । ‘पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ ।’ गौरामा गाइने फाग, चैत, धुमारी र ठाडो खेल धार्मिक गतिविधिमा आधारित छन । डेउडा प्राचीन तथा समकालीन विषय वस्तुमा गाउने गरिएको छ । ‘गौरा सुरु भएदेखि गाइंदै आएका फाग, चैत, धुमारी र ठाडो खेल जस्ता लोक काब्यमा प्राचिन इतिहास लुकेको हन्छ ।’

एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जिवन्त राख्ने परम्परा छ भने अर्को्तिर नेपाल एकीकरणका वीरहरूका गाथा डेउडाका रुपमा गाएर राष्ट्रिय एकतालाइ पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ । गौरा पर्व धार्मिक तथा सामाजिक महत्वको अद्भूत सांस्कृतिक पर्व हो ।’ बल, तील, गुभा, धान र साउं का बोटबाट बनाइने गौरा र शिवका रुपमा काठको प्रतिमा स्थापित गरि एक हप्ता सम्म पूजा गर्ने परम्परा रहेको छ ।

नया विहित पुरुष हरूले घर भित्र्याउने परम्परा रहेको गौरा बिर्सजन गर्दा भने विवाहित बुहारीले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँंदै स्थानीय मठ–मन्दिरमा लैजान्छन । मठ मन्दिरमा धामी र पुजारीहरूले गौरालाइ विधिवत बिर्सजन गर्ने परम्परा छ ।

पछिल्लो समयमा युवा पिडिमा यस गौरा पर्वको महत्व बारे जानकारि नहुदा गौरा पर्वको महत्व घटदै गएको छ । पौराणिक कथामा आधारि हुने फाग, चैत, धुमारी र ठाडो खेल युवा पिडिमा प्रचारप्रसार नहुदा लोप हुने अवस्था रहेको शुक्लाफाटा नगरपालिका १ का ६० बर्षिय बलदेव अबस्थी बताउनुभयो । यसको जर्गेनाको लागि य्वाहरुले भुमिका खेल्नुपर्ने उँहाको भनाई छ ।

प्रतिक्रिया दिनुस