कञ्चनपुर, बैशाख १३ । कञ्चनपुरको शुक्लाफाँटा  वार्ड  ७ मा नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत वाड अध्यक्षमा दिपक राज भट्टले मनोनयन दर्ता गरेका छन ।

बैशाख ३० गते हुनगइरहेको स्थानिय तहको निर्वाचनका लागि माओवादी केन्द्रबाट  युवा व्यवसायी तथा समाजसेवी दिपक राज भट्टले  वार्ड ७ को अध्यक्षको‌ उम्मेदवारका लागि हिजो मनोनयन  दर्ता गराएका हुन ।

नेकपा माओवादी केन्द्र पार्टी र समाजवादी पार्टी बिच शुक्लाफाँटा नगरपालिकामा गठबन्धन भएको छ। माओवादी केन्द्र र समाजवादी बिचको गठबन्धनको तर्फबाट वार्ड अध्यक्षमा दिपक राज भट्टको मनोनयन दर्ता भएको हो ।

प्रतिक्रिया दिनुस