कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका सभापति गज बहादुर विष्टले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन काँग्रेस गाँउ सभापति विष्टले बेलडाँडी गाँउपालिका १को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन । यस अघि पनि विष्ट ०७४ मा थोरै मतले पराजित भएका थिए ।

यस पटक पनि पाटीले विष्टलाई पुन वडाध्यक्षको जिम्मेबारी दिएको छ । गाँउ सभापतिमा निर्वाचित भएका विष्टले वडाध्यक्षमा उम्मेदबारी दर्ता गराएसंगै चुनावमी मैदानमा खटिएका छन । १३औँ महाधिवेशनबाट काँग्रेस गाँउ सचिवमा रहेका विष्ट अहिले पार्टीको मुल जिम्मेबारीमा पनि छन । ३५ बर्षिया काँग्रेस युवा नेता विष्ट किशोरा अवस्थादेखि काँग्रेसको राजनीतिमा होमिएका थिए । स्थानीय रौलेश्वर उच्च मावि अध्ययन गर्दादेखि नै उनी काँग्रेसको राजनीतिमा जोडिएका हुन ।

पारिवारिक खान्दानी नै काँग्रेसमा भएकाले उनले पनि किशोरा अवस्थादेखि काँग्रेसकै राजनीति गरिरहेका छन । विभिन्न समाजिक संघ संस्था एव युवा उद्यमीमा समेत सकृय रहेका विष्टलाई काँग्रेस युवा पङक्तिको साथ सर्मथन रहेको छ । बेलडाँडी युवा समुहको अध्यक्ष, महाकाली सिँचाई द्वितिय चरण ६ ब्लकको अध्यक्ष समेत रहेका विष्टले विगतमा बेलडाँडी क्षेत्रका युवाका लागि खेलकुद सहितका विभिन्न योजना संचालन गरेका थिए । समाजसेवीका रुपमा परिचित विष्टले वडाको दिगो विकासका लागि आफु उम्मेदवार बन्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुस