कञ्चनपुर ,बैशाख ,१३ । कञ्चनपुरमा नेकपा क्रान्तिकारी माओवादीले गाँउ  देखी सहर सम्म स्थानिय चुनाव बहिष्कार अभियान सञ्चालन गरेको छ । क्रान्तिकारी माओवादीले बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचन बहिष्कारका लागि गाउँगाउँमा चुनाब बहिष्कार अभियान सञ्चालन सक्रिय बनाएको छ ।

क्रान्तिकारी माओवादीले प्रतिकृयावादी स्थानिय चुनावको औचित्य नभएको भन्दै सबैले मिलेर चुनाव बहिष्कार गर्न अनुरोध गरेको छ । क्रान्तिकारी माओवादीले शुक्लाफाँटा, लालझाडी, वेलौरी, दैजी वेदको लगायत ठाँउबाट एक साथ पर्चा प्मपेलेट लगाएर चुनाव बहिष्कार सञ्चालन गरेको क्रान्तकारी माओवादीका प्रदेश कमिटि सदस्य युवा नेता कटानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस