कञ्चनपुर ,बैशाख, २३ । बैतडीको डिलाशैनी गाँउपालिकामा एक जना युवकको कोदालो प्रहार गरेर हत्या भएको छ । डिलाशैनी गाँउपालिकामा  वार्ड ७ मनेकुडामा विर शिह ऐरीले अन्दाजी २१ बर्षका आफ्नै छिमेकी श्याम ऐरीको कोदालो प्रहार गरेर हत्या गरेको छ ।

शुक्रवार दिउँसो दुवै जनाको खाने पानीको बिषयमा एक आपसमा झगडा हुँदा विर शिह ऐरीले कोदालो प्रहार गरेर स्याम एरीको हत्या गरेको  प्रहरी कार्यालय बैतडीले जानकारी दिनुभयो ।

स्याम एरीको कोदालोे प्रहार गरेर हत्या भए पछि गाँउ शोकमा डुवेको छ । हत्या गर्ने युवक विर शिह ऐरी लाइ प्रहरीले प्रक्राउ गरेर इलाका  प्रहरी कार्यालय पाटन पठाएको छ । मृतक श्याम शिह ऐरीको सव पोष्टमार्टमको लागि गोकुलेश्वर अस्पताल पुर्याएको जिल्ला प्रहरी  कार्यालय बैतडीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुस