कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगर प्रमुख पदका लागि फेरी दोस्रो पटक नेकपा माओवादी केन्द्रका तर्फबाट पोतिलाल चौधरी नै चुनावी मैदानमा उत्रिएका छन । यस अघि मेयरमा निर्वाचित माओवादीका तर्फबाट आदिवासी जनजाति समुदायबाट माओवादी नेता चौधरीलाई पाटीले विश्वास गरेर फेरी मेयरमै अघि सारेको हो ।

मेयर चौधरीले जनप्रिय काम गरेको भन्दै माओवादीले उनलाई नै विश्वास गरेर फेरी बेलौरीको मेयरमा अघि सारेको छ । थारु समुदायबाट माओवादीले चौधरीलाई अघि सारेसंगै चुनावी मैदानमा होमिएका छन ।

चौधरीले कृषिमा पुर्ण आधुनिकरण गर्दै पहिलो कार्यकालमा संचालन भएका केही अधुरा योजना पुरा गर्ने एजेण्डा अघि सारेका छन ।  ‘मुख्य गरेर पहिलो कार्यकालमा शुरु भएका तर, पुरा सम्पन्न हुन नसकेका योजना पुरा गर्दै जनतालाई विकासको मुल धारमा ल्याउने योजना छ, ‘उनले भने, ‘त्यो योजना नै पुरा गर्नका लागि पुन चुनावमा होमिएको छु ।’ चौधरी बेलौरी नगरपालिका १० वटै वडा जोड्ने रिङ्गरोडदेखि थुप्रै योजना अघि बढेको र केही पुरा भएको र केही बाँकी रहेकाले यि पुरा गर्ने बताए ।

बेलौरीलाई सिधै भारतसंग जोड्नका लागि भन्सारको स्तरबृद्धि गर्नेदेखि कृषिमा पुर्ण व्यवसायिकरण गरेर जनतालाई स्वदेशमै आत्मनिर्भर बनाउछु । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, बजार, उद्यम, रोजगार, खानेपानी, संचार, विद्युत जस्ता विषयलाई पहिलो प्राथमिकतामा राख्दै किसानलाई बढि भन्दा बढि आत्मनिर्भर बनाएर आर्थिक उर्पाजन तर्फ उन्मुख गराउछु ।

नगरको सुशासन एव दिगो विकासका लागि सीमा सुरक्षाका साथै समग्र क्षेत्रकाम काम गर्छु । बेलौरीलाई आर्थिक सम्बृद्धिमा अघि लैजाने चौधरीको योजना छ । यी हुन माओवादी केन्द्र बेलौरी मेयरका उम्मेदवारका चुनावी एजेण्डाहरु ।

बेलौरी नगरपालिकाका गौरवका योजनाहरु ः

बेलौरी नगर रिङ्गरोड, बन्धाताल संरक्षण, पर्यटन प्रवद्र्धन शोभाताल पार्क एवं पर्यटकीय स्थल निर्माण, चिस्यान केन्द्र निर्माण, शुद्ध खानेपानी ,पच्चीस शैयाको नगर अस्पताल, स्थायी बस पार्क , रंगशाला निर्माण, मुक्त कमैया तथा विपन्न आवास, दमकल संचालन, द्वन्द्व पिडित, शहिद वेपत्ता परिवार र आरक्ष पिडितहरुका लागि शिक्षा एवं रोजगार तालिम व्यवस्था, सुरक्षा गृह निर्माण तथा व्यवस्थापन, नगर पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण र फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण ।

कृषि उत्पादन र उत्पादकत्व तर्फ ः गुणस्तरीय खाद्य उत्पादन तथा व्यवस्थापन, व्यावसायिक कृषि तालिम (तरकारी तथा उखु खेती), बिउ बिजन अनुदान सहायता, मलखाद भण्डारण तथा बिक्री केन्द्र, माटो परीक्षणको व्यवस्था, कृषि एम्बुलेन्स व्यवस्थापन, मलखाद उत्पादन (कारखाना– उद्योग स्थापना) सम्भाव्यता अध्ययन, कृषि सहकारी मार्फत स्थानीय उत्पादन बजार व्यवस्थापन, कृषि आधुनिकरण तथा यान्त्रीकरण कार्यक्रम प्रत्येक वडामा तरकारी र दुग्ध संकलन केन्द्र स्थापना, नगरमा बिउ बिजन वितरण केन्द्र स्थापना, मेन्था र केमोमाइल खेती प्रवद्र्धन, उखु पकेट क्षेत्र प्रवद्र्धन (दोदा नदी किनारको २०० विघा समेत) तरकारी र अन्नबाली पकेट विकास , कृषि बीमा तथा कृषक राहत कोषको स्थापना, कृषिमा सहजीकरणका लागि प्राविधिक सहायता (एक वडा एक कृषि प्राविधिक), जैविक मल प्रोत्साहन तथा कृषि सडकको स्तरउन्नति ।

पशुपालन ः उन्नत जातको घाँस उत्पादन, व्यावसायिक पशुपालन तालिम (मौरी, गाई, भैसी, वंगुर, माछा, बाख्रा, कुखुरा), खोर तथा गोठ सुधार, कृत्रिम गर्भाधान, प्रत्येक वडामा पशुजन्य उत्पादन संकलन केन्द्र स्थापना (दुध मासु आदी), पशु बीमा, छाडा चौपाया नियन्त्रण ।

पोषण तथा खाद्य सुरक्षा ः विपन्न परिवार सुत्केरी सहायता (रु. ३०००।– प्रति सुत्केरी) प्रत्येक वडामा वार्षिक रुपमा खाद्य सुरक्षा अभिमुखिकरण तथा चेतना मुलक कार्यक्रम ।
सिंचाई तथा जलस्रोत ः रिचार्ज पोखरी निर्माण (५० वटा), महाकाली सिचाई आयोजना अन्तरगतका नहर र टर्सरीहरुको मर्मत सम्भार तथा व्यवस्थापन, वोरिङ्ग संचालनार्थ सोलार सहायता (२५० वटा), डिप बोरिङ्ग कार्यक्रम, सिंचाई मिटर जडान र बोरिङ संचालन गरिने क्षेत्रमा थ्री फेज विद्युत लाइन बिस्तार कार्यक्रम, बिपन्न परिवारका लागि सहुलियत सिंचाई मिटर जडान सहायता कार्यक्रम 

उद्योग वाणिज्य तथा आपूर्ति ः औद्योगिक ग्राम स्थापना, मसला, दलहन, तिलहन उद्योग स्थापना बजार अनुगमन, स्थानीय आवश्यकता अनुरुप उद्योग व्यावसाय सञ्चालन कार्यविधी निर्माण, शुपथ मुल्य खाद्यान्न पसल प्रत्येक वडामा, बाँस आदि स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना सहायता, उद्योग दर्ता गर्न सहज नीति निर्माण, सिलाई बुनाई हस्तकला उद्योग स्थापना, खाद्य प्रशोधन उद्योग स्थापना तथा सञ्चालनका लागि तालिम र भन्सार नाका खोल्न पहल । 

पर्यटन ः शिव मन्दिर, बैजनाथ मन्दिर, त्रिपुरा सुन्दरी , निङ्गलाशैनी, कालीशैनी लगाएतका गुम्बा, चर्चहरु, बन्दाताल, शोभाताल, पुरैनीताल, बन्तरियाताल, लामाताल आदि क्षेत्रको उचित व्यवस्थापन, होमस्टे एवं होटेल स्थापना, प्रत्येक वडामा मनोरन्जन पार्क निर्माण र शोभाताल क्षेत्रमा खेल मैदान निर्माण गरी पर्यटन उद्योग विकास गर्ने ।

जनसंख्या तथा बसाईसराई ः व्यक्तिगत घटना दर्ता एवं अभिलेखीकरण सु–व्यवस्थित गर्ने र वस्ती विकास कार्यक्रम व्यवस्था गर्ने ।

शिक्षा ः स्थानीय पाठ्यक्रम निर्माण – प्राथमिक तह, शिक्षकहरुको क्षमता अभिवृद्वि तालिम, कम्तिमा ४ वटा विद्यालयमा बाल बाउण्डरीवाल ४ वटा विद्यालय भवन निर्माण ६ वटा शौचालय निर्माण सबै सामुदायिक मा.वि हरुमा प्रोजेक्टर ल्याप्टप–स्मार्टबोर्ड सि.सि.टी.वी. विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्था सामुदायिक अध्ययन केन्द्र व्यवस्था, शिक्षक दरवन्दी व्यवस्थापन, नमुना विद्यालय विस्तार, विद्यालय नक्साङ्कन, खेलकुद सामग्री व्यवस्था ।

स्वास्थ्य ः अस्पताल निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापन, स्वास्थ वीमा कार्यक्रमको प्रभावकारी व्यवस्थापन, स्वास्थ्य शिविर तथा सचेतना मूलक कार्यक्रम, आयुर्वेद औषधालय प्रवद्र्धन, कम्तीमा ५ वटा खोप केन्द्र थप गर्ने, स्वास्थ्य चौकी १ थप गर्ने, बर्थिङ्ग सेन्टर २  थप गर्ने, दुई वडा एक एम्बुलेन्स सञ्चालन, शव वाहन खरिद तथा सञ्चालन, प्रत्येक विद्यालयमा प्राथमिक उपचार व्यवस्था ।

खानेपानी तथा सरसफाई ः खानेपानीका स्रोतहरुको संरक्षण र व्यवस्थापन, खानेपानी आयोजनाहरुको मर्मत सम्भार, एक घर एक धारा कार्यक्रम मोतिपुर, बैजुडाडाँ र खैरानामा खानेपानी योजना थप ।

सरसफाई तथा फोहर व्यवस्थापन ः टोल स्टरीय सरसफाईका लागि टोल सुधार समितिहरु गठन एवं परिचालन, सार्वजनिक शौचालय निर्माण (सबै मुख्य बजार क्षेत्र तथा पर्यटकीय स्थल), ढल निकास व्यवस्थापन, फोहर मैला व्यवस्थापनका लागी ल्याण्डफिल साइट व्यवस्थापन फोहरमैला व्यवस्थापन ढुवानीका लागि ट्याक्टर आदी साधन व्यवस्था, सार्वजनीक स्थलमा फोहर संकलन भाँडा व्यवस्थापन, सामुहिक कोष निर्माण, विद्यालय एवं समुदायमा सचेतना मुलक कार्यक्रम संचालन ।

महिला तथा  बालबालिका ः लैङ्गि हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम, हिंसा प्रभावित महिलाहरुको लागि पुर्नस्थापना र सुरक्षा गृह स्थापना, महिला हिंसा पिडितका लगि आकस्मिक राहत कोषको स्थापना एवं सञ्चालन ,महिला उद्यमशीलताको विकासका लागि सहकारी स्थापना, न्भ्क्क्ष् परिक्षण तथा बजेट कार्यान्वयन, बाल अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम, बाल–कोष स्थापना तथा सञ्चालन, बालबिवाह निरुत्साहित गर्न सचेतना कार्यक्रम, वार्डस्तर र विद्यालयहरुमा बालउद्यान निर्माण, बाल केन्द्रित पठन–पाठन व्यवस्थापन ।

जेष्ठ नागरिक ः जेष्ठ नागरिकको परिचयपत्र व्यवस्थापन, जेष्ठ नागरिक सम्मान कार्यक्रम, मिलन केन्द्र स्थापना अन्तरपुस्ता छलफल तथा अन्तरक्रिया संचालन 

अपाड्डता भएका व्यक्तिहरु ः नगरपालिकामा हेल्प डेस्क स्थापना, अपाङ्गतामैत्री संरचना निर्माण र सचेतना कार्यक्रम सञ्चालन, अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन तथा अध्यावधिक, अपाङ्गता भएका व्यक्तिहरूका लागि क्षमता अनुसारको सीप विकास तालिम तथा रोजगारीको प्रवन्ध, बजार क्षेत्रका सडक तथा सबै सरकारी कार्यालयमा टक टाईल निर्माण 

युवा ः युवाहरुको लागि प्राविधिक तथा व्यवसायिक तालिम र उद्यमशीलताको विकास, युवा रोजगार सूचना केन्द्रको स्थापना र सञ्चालन, क्लबहरुको स्थापना व्यवस्थापन र सुसञ्चालन, लागु औषध तथा दुव्र्यसनी नियन्त्रण कार्यक्रम, नगर पुस्तकालय भवन स्थापना तथा पुस्तकालय व्यवस्थापन, वैदेशिक रोजगारीमा जाने युवालाई सीप विकास तालिम कार्यक्रम र सूचना प्रवाह 

खेलकुद ः प्रत्येक वडामा खेलमैदान निर्माण, क्षेत्रीय राष्ट्रिय खेलाडीको प्रोत्साहान तथा सम्मान कार्यक्रम शोभातालमा बहुउद्देशीय खेल मैदान निर्माण, वडा पालिका तथा विद्यालय स्तरीय प्रतियोगितात्मक खेलकुद आयोजना, योग शिविर संचालन, कवर्डहल र रंगशाला निर्माण, योग शिविर संचालन, खेल प्रशिक्षक व्यवस्थापन ।

सामाजिक सुरक्षा तथा संरक्षण ः सामाजिक सुरक्षा कोषको व्यवस्थापन ,अपाङ्गमैत्री र लैंगिकमैत्री संरचना निर्माण,सामाजिक सुरक्षा भत्ता वितरण सरलीकरण, सूचना प्रवाह 

सडक तथा यातायात पूर्वाधार ः आपतकालीन उद्दारका लागि हेलिप्याड निर्माण ,सडक नयाँ ट्रयाक खोल्ने (१५ कि.मि.), विभिन्न ८ स्थानमा पक्की पुल निर्माण (श्याली खोला ४, गोकलपुर १, कलकत्ता देखी कानपुर १, सिंहपुर देखी हात्तिबोझा १, काक्रेताल देखी पुनर्वास १ , कलुवापुर जाने सडकको बाँकी भाग पिच गर्न पहल गर्ने,नयाँ सडकका लागि  डिपिआर  (५० कि.मि.,सल्याब कलभट निर्माण ८ ठाउँ, नहरको बाटो मर्मत, हुलाकी सडक निर्माणार्थ पहल गर्ने । 

आवास तथा बस्ती विकास ः भूउपयोग नीती तथा आवास र वस्ती विकास योजना निर्माण ,वडा कार्यालय भवन निर्माण (३ वटा) ,बहुउद्देशिय सभाहल (५०० जना अट्ने ,सामुदायीक भवन निर्माण २,मुक्तकमैयाका लागि आवास निर्माण सहायता कार्यक्रम (७० घरधुरी, भूमिहीनलाई आवास व्यवस्था, भुडामा शसत्र र जनपठ प्रहरी चौकीको पर्खाल निर्माण शसत्र प्रहरी मेस भवन निर्माण, आर्यघाट व्यवस्थापन ।

संचार तथा सुचना प्रविधी ः सबै वडाहरुमा डिजिटल सूचना पाटी निर्माण, बेलौरीको धार्मीक पर्यटकीय एवं मौलिकता झल्कीने भिडियो प्रोफाइल र चलचित्र तर्जुमा,सार्वजनिक सेवा प्रदानलाई प्रविधीमा आधारित सफ्टवेयर निर्माण 

वन तथा भू संरक्षण ः पार्क निर्माण, वृक्षा रोपण तथा संरक्षण मूलक सचेतना कार्यक्रम एवं नर्सरी स्थापना गरी बोट विरुवा वितरण, खोला किनारहरुमा वृक्षारोपण तथा तटबन्ध व्यवस्था, प्रदुषण मापन केन्द्र स्थापना, सामुदायिक वनहरुको व्यवस्थापन तथा उपयोग सहजीकरण ।विपद व्यवस्थापन ः पालिका स्तरीय विपद व्यवस्थापन केन्द्र एवं सामग्री व्यवस्थापन, आपतकालिन उद्दार केन्द्रहरुको व्यवस्थापन एवं परिचालन, कोष स्थापना,विपद व्यवस्थापनका लागि आवश्यक साधन व्यवस्थापन,दमकल व्यवस्थापन ।

सुरक्षा ः सुरक्षा नीति तथा लागु औषध नियन्त्रण नीति निर्माण तथा कार्यान्वयन, नगर प्रहरी व्यवस्थापन ।

मानव अधिकार ः मानब अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन, पिडित महिला, वृद्व, बालबालिका लाई आर्थिक तथा कानुनी सहायता कार्यक्रम, विशेष वा फरक क्षमता भएका व्यक्तिहरुको संरक्षण एबं व्यवस्थापन ।

प्रशासकीय सुशासन ः कर्मचारीहरुलाई जनमुखी बनाउन निजहरुको वृत्तिविकास एवं मनोवल अभिवृद्धी गर्न उचित नीति निर्माण, जनगुनासो व्यवस्थापनार्थ सबै वडाहरुमा उजुरी पेटी व्यवस्था ।
वित्तिय सुशासन ः राजश्व परामर्श समिति व्यवस्थापन, क्षमता अभिवृद्धि, दुरुस्त लेखा प्रणाली, भ्रष्टाचार विरुद्ध नागरिक सचेतना अभिवृद्धी, नियमित सार्वजनिक सुनुवाई, सार्वजनिक आयोजनाको खर्चको निर्माण स्थल मै सार्वजनिक परीक्षण, 

योजना तर्जुमा एवं आयोजना बैंक ः आयोजनाको पहिचान वर्गिकरण, प्राथमिकीकरण निर्देशिका निर्माण एवं कार्यान्वयन, आयोजनाहरुको  सम्भाव्यता अध्ययन गरी बैङ्क निर्माण गर्ने, मुल्याङ्कनका मापदण्ड निर्धारण, विद्युतीय अभिलेखिकरण गरी प्राथमिकताका आधारमा योजना तर्जुमा गर्ने ।

अनुगमन तथा मुल्याङ्कन ः अनुगमन तथा मुल्याङ्कन निर्देशिका निर्माण गर्ने र उपभोक्ता एवं अनुगमन समितिको क्षमता अभिवृद्धी तालिम व्यवस्था गर्ने । उपरोक्त वाहेक जनचाहना अनुरुप छलफल गरी पेश गरिएका विकास योजनाहरु उच्च प्राथमिकताका साथ समावेश गरिने समेत प्रतिवद्वता जाहेर गर्दछु ।

प्रतिक्रिया दिनुस