कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा समेत चुनावी माहोल तात्दै गएको छ ।  पुनर्वास प्रमुखका लागि ६ प्रमुख, ५ उप प्रमुखका उम्मेदवार सहित ५७ पदका लागि २ सय ६० उम्मेदवारी चुनावी मैदानमा उत्रिएका छन ।

कुल ११ वडा रहेको पुनर्वासमा ३४ हजार ६३ मतदाता रहेका छन । प्रमुखका लागि नेकपा एकीकृत समाजवादी–माओवादीका तर्फबाट जिवनराज थापा, एमालेबाट पदम पुजारा, काँग्रेसबाट तोया प्रशाद शर्मा, राप्रपाबाट सतन गिरी, जसपाबाट तारा गिरी र स्वतन्त्रबाट गजेन्द्र बहादुर विष्ट, उप प्रमुखका लागि नेकपा माओवादी केन्द्र–समाजवादीका तर्फबाट धोखे राना, काँग्रेसबाट भुलिया राना, एमालेबाट सुशिला खत्री, राप्रपाबाट तिर्थमाया सुनार चुनावी मैदानमा उत्रिएका छन ।

सीमावर्ती नगरपालिका भएकाले उक्त पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो चुनावी एजेण्डा लिएर मैदानमा उत्रिएका छन । पुनर्वास राजनीतिक केन्द्रकै रुपमा लिईन्छ । पुनर्वासको नेतृत्वका लागि कसले बाजी मार्ला भन्ने अहिल्यै एकि नभएपनि माओवादी–समाजवादीका साझा उम्मेदवार जिवन थापा, काँग्रेसका तोया प्रशाद शर्मा र एमालेका पदम पुजाराविच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पुनर्वास प्रमुखका लागि देखिएका उम्मेदवारले यस्ता एजेण्डा अघि सारेका छन ।

अधुरा योजना पुरा गर्दैै किसानलाई जमिनको मालिक बनाउँछौँ : बाम गठबन्धनका उम्मेदवार थापा

–नेकपा एकीककृत समाजवादी र नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरका संयुक्त उम्मेदवार जिवन राज थापाले आफ्ना कार्यकालमा अघि बढेका केही महत्वपुर्ण योजनालाई अघि बढाउँदै नयाँ कार्यकालमा किसानलाई जमिनको मालिक बनाउने मुख्य चुनावी एजेण्डा अघि सारेका छन । ‘मेरो कार्यकालमा थुप्रै योजना अघि बढेका छन, ‘उनले भने, ‘ति योजनालाई निरन्तरता दिदै बषौँदेखि लालपुर्जा बिहिन जनतालाई जमिन दिलाउँछु ।’  संविधानमा जनताका लागि प्रदान गरेका आधारभूत हक अधिकारको प्रत्याभूती दिलाएर जनपक्षीय काम गर्दै जनतालाई बढि भन्दा बढि सुविधा दिलाउने बताए ।

‘किसानलाई सिँचाई नपुगेका स्थानमा सिँचाईको प्रबन्ध मिलाउँछु, ‘उनले भने, ‘कृषिमा आधुनिकीकरण ल्याउँछु ।’ पुनर्वासमा रहेका राना चौधरी थारु समुदायको लोक संस्कृति संरक्षणका लागि योजना बनाएको छु,  गुरु योजना बनाएर पर्यटकीय क्षेत्रको विकास गर्छु । गाँउमै स्वरोजगारका कार्यक्रम संचालन गर्दै महिला, युवा दलित, आदिवासी समुदाय लक्षित गरेर उद्यमीका कार्यक्रम संचालन गरिनेछन । उनले सीमा क्षेत्रको सुरक्षाका साथै नगरको सम्बृद्धिका कार्यक्रम संचालन गरेर नमुना नगरपालिका बनाउने योजना अघि सारेका छन ।

भ्रष्टाचार रहित सम्बृद्ध नगरपालिका बनाउँछु : काँग्रेस उम्मेदवार शर्मा 

–नेपाली काँग्रेसले पुनर्वास नगरको मेयरका लागि पुन तोया प्रशाद शर्मालाई अघि सारेको छ । यस अघि ०७४ मा पनि काँग्रेसले शर्मालाई नै अघि सारेको हो । शिक्षा क्षर््ोत्रमा लामो अनुभव बटुलेका शर्मालाई काँग्रेसले पुन विश्वास गरेर अघि सारेको छ ।
काँग्रेस मेयरका उम्मेदवार शर्माले भ्रष्टाचार रहित सम्बृद्धि नगरपालिका बनाउने एजेण्डा अघि सारेका छन । ‘म सुशासन सहित भ्रष्टाचार मुक्त नगरपालिका बनाएर नगरलाई सुन्दर सम्बृद्ध बनाउँछु, ‘उनले भने, ‘जहाँ सुशासन हुन्छ, त्यहाँ विकास आफै हुन्छ ।’ पुनर्वास नगरका सबै वडा, बस्ती गाँउ जोड्नका लागि मुल सडक विस्तार गर्दै अघि बढ््छु ।
शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, साँस्कृति संरक्षण गर्दै नागरिकलाई सुविधान दिलाउँछु । नगरमा जंगली जनावर र हात्तीबाट हुने क्षतिको न्यूनिकरण गर्दै नगरका किसानलाई कृषिमा आत्मनिर्भर बनाउँछु । कृषिमा आधुनिकीकरण योजना अघि बढाउँछु । सीमा सुरक्षाका लागि समेत योजना अघि बढाएर जनतालाई सुरक्षित बनाउँछु । उनले नगरको भौतिक पूर्वाधारका साथै युवाहरुलाई गाँउमै रोजगारीका कार्यक्रम संचालन गरेर युवाहरुलाई आत्मनिर्भर बनाउँछु ।

नगर विकासको गुरु योजना बनाई दिगो विकास : एमाले उम्मेदवार पुजारा 

नेकपा एमालेले पुनर्वास नगरको प्रमुखमा पदम पुजारालाई अघि सारेको छ । उनका चुनाव एजेण्डा बारे यस दैनिकबाट एमाले उम्मेदबार पुजारा सहित उनका सहयोगी एमाले अन्य नेता कार्यकर्ताहरुसंग पटक पकट सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेपनि समाजिक सञ्जालमा उनका केही एजेण्डा भेटिएका छन ।
नगरको दिगो विकास र सम्बृद्धिका थुप्रै योजना अघि सारेका छन । सामुदायिक विद्यालयको विकास, ५० सैयाको नगर अस्पताल, जेष्ठ नागरिक अति विपन्न अपाङलाई निःशुल्क बिना, एक वडा एक जेटिए, उद्यम गर्न चाहनेलाई बिना धितो ऋण र ब्याज, सिँचाई सुविधा, एक वडा एक जेष्ठ नागरिक नागरिक मिलन केन्द्र, खेल मैदान निर्माण, सबै वडा जोड्ने चक्रपथ, जेष्ठ नागरिकलाई तिर्थयात्रा, गरिब परिवारलाई निःशुल्क नुन, मेयरलाई टोल टोलमा ल्याएर सार्वजनिक कार्यक्तम सचालन एव कर्मचारीलाई कार्य सम्पादनका आधारमा सम्मान, प्रत्साहनका कार्यक्रमम संचालन गरिनेछन । पुजारा आफ्ना चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन ।

प्रतिक्रिया दिनुस