भरत दत्त भट्ट कञ्चनपुर दोधाराचाँदनीको चिनपरिचित अनुहार हुन । उनी यति मात्र नभई दोधाराचाँदनीका जनताको हरेक सुखदुखमा साथ दिदै नगरको विकास र जनताको उत्थानका लागि अहोरात्र खटिदै आएका छन । झण्डै दुई दशक राजनीतिमा सकृय रहेका भट्ट किसान सहित सो क्षेत्रका विपन्न उत्पिडनमा परेका जनताको न्यायका लागि साथसर्मथनमा काम गर्दै लोकप्रियता कमाएका छन ।

नेताको जस्तो भाषणमा केन्द्रीत होईन एक जनताकै विचमा बसेर जनताको पक्षमा काम गर्दै आएका छन । भरत भट्ट यतिबेला नेकपा माओवादी केन्द्रबाट तर्फबाट उप प्रमुखको यात्रामा होमिएका छन । उनले विगतमा गरेको काम, जनसम्र्पक, सम्बन्ध एव सकृयता ईमान्दारिताका आधारमा उनलाई अब्बल बलिया उम्मेदवारका रुपमा हेरिएका छन ।

दोधाराकी पदमा चन्दले यस अघि पनि दोधाराचाँदनीमा उप प्रमुख महिला हुँदा आम महिलाका लागि भन्दा पनि सीमित गुटका लागि मात्रै काम गरेकाले यस पटक भरत भट्टलाई अघि सानुपर्नेमा जोडदिईन । ‘यस अघि पनि हामीले उप प्रमुखमा महिला पाएका थियौँ, ‘उनले भनिन, ‘यस पटक नेतृत्व पुरुषलाई दिने पक्षमा छौँ ।’ चाँदनीकी रिता जोशीले उप प्रमुख महिला वा पुरुष जो भएपनि आम जनताको हितमा काम गर्नेलाई मत दिनुपर्ने बताईन ।

‘यस अघि एमालेकी उप प्रमुख थिईन, ‘उनले भनिन, ‘केही मुठ्ठी भरका आफ्ना नातागोता र पार्टीका केही महिलालाई पोस्ने काम गरियो, आम महिलाका लागि केही गरेनन् ।’ दोधाराचाँदनीका युवक सागर सुनारले उप प्रमुखमा सबैभन्दा बलिया र अब्बल उम्मेदवार भट्ट नै रहेकाले उनको राम्रो सम्भावना रहेको बताए । ‘यहाँ महिला पुरुष आफन्त भन्दा पनि काम गर्ने महिला होस की पुरुष जनपक्षिय हितमा काम गर्नेहरुलाई अघि साछौँ ।’

भरत भट्टको उम्मेदवारसंगै जनता हर्षित भएका छन । नेकपा माओवादी केन्द्रबाट दोधाराचाँदनीको उप प्रमुखमा अघि सारिएका भरत भट्टले जनताको राम्रो साथ सर्मथन पाईएको बताए । ‘मलाई जनताको राम्रो साथ सर्मथन छ, ‘उनले भने, ‘आफ्ना चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेको छु ।’ उप प्रमुखका उम्मेदवार भट्टले समग्र दोधाराचाँदनीको एकीकृत दिगो विकास गरेर नमुना नगरपालिका बनाउने आफ्नो योजना रहेको बताए ।

उप प्रमुखका उम्मेदवार भट्टले शिक्षा, स्वाथ्य, खानेपानी, विद्युत, संचार, भौतिक पूर्वाधारको विकास गर्दै जनतालाई न्याय दिने बताए । ‘महिला, किसान, दलित, आदिवासी जनजाति सबै समुदायको हक हितमा काम गर्दै जान्छु, ‘उनले भने, ‘सबै क्षेत्रलाई एक साथ अघि बढाएर नगरपालिकालाई सम्बृद्ध बनाउँछु ।’

कृषकलाई बढि भन्दा बढि सेवा दिने, भारतबाट रसायनीक मल विस्थापित गर्दै किसानलाई आत्मनिर्भर बनाउने, स्याउलेदेखि कुतियाकबरसम्म पक्की तटबन्ध निर्माण गर्ने, महाकाली, जोगबुढा नदीका साथै नगरका आन्तरिक मलरिया नालामा तटबन्ध निर्माण गरेर खेतियोग्य जमिनका साथै बस्ती जोगाउँछु । शैक्षिक स्तरबृद्धिका लागि सामुदायिक विद्यालयको भौतिक एव आन्तरिक विकासमा ध्यान दिन्छु ।

नगरका सबै वडा, बस्ती जोड्ने सडक विस्तार गर्छु । बेरोजगार युवा युवतीका लागि गाँउमै रोजगारीका कार्यक्रम संचालन गर्दै विदेशीनबाट मुक्त गराउँछु । शव बहान, चिहानघाट निर्माण गर्दै सबै समुदाय धर्मको संस्कृति रक्षा गर्दै नगरका बजार व्यवस्थापन गर्दै अघि बढ्ने बताए ।

सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढाउँदै दोधाराचाँदनीलाई अन्र्तराष्ट्रिय नाकासंगै जोड्दै विकासको मुल धारमा ल्याउनेछु । नगरका अति विपन्न गरिब दलित समुदायको गाँस, बास शिक्षा, स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्दै नगरबासीकालाई बढि भन्दा सेवा सुविधान दिलाउँछु ।

प्रतिक्रिया दिनुस