कञ्चनपुर । राजनीतिक दल, तिनका उम्मेदवार कुनै स्वतन्त्र भए उनीहरु पनि सबै उत्ताउत्तै हुन । तर, काम गर्ने उम्मेदवारलाई हाम्रो साथ हुन्छ, भन्दै भीमदत्त नगरपालिका ग्रामिण क्षेत्रका जनता भनिरहेका छन । स्थानीय तहका जनप्रतिनिधी छान्ने निर्वाचन आउँन एक साता बाँकी रहेका बेला ग्रामिण भेगमा सुनिने जनताको आवाज यही हो ।

चुनावका बेला सयौँ पटक जनताको घरदैलो चहार्ने, जनताको पक्षमा काम गर्ने प्रवृति हावि भएकाले कसैलाई यो अलानो फलानो भन्दा पनि जनताको पक्षमा काम गर्नेहरुलाई विवेक पु¥याएर मत हाल्ने पक्षमा चिया चोक, चौतारा, आराम स्थल, होटल क्षेत्रमा सर्वसाधारण आफ्ना भित्रि अभिव्यक्ति प्रस्तुत गरिरहेका छन ।

बषौँदेखि काँग्रेस, एमाले, माओवादी, राप्रपा सहितका दलहरुलाई मत दिएका मतदाताले यस पटक आफ्नो मतदान विकेकपु¥याउने निर्णयमा पुगेका छन । आफ्नो वा अरु पाटी भन्दा पनि काम गर्ने जो सुकै किन नहोस उसैलाई मत दिने पक्षमा देखिएका छन । भीमदत्त नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीविच चुनावी तालमेल भएको छ ।

प्रमुखमा समाजवादीबाट राजेन्द्र पाण्डे र उप प्रमुखमा माओवादीबाट कृष्णदत्त जोशी(बोक्सर) सहितका उम्मेदवार अघि सारिएका छन । बाम गठबन्धनले भीमदत्त नगरका चुनावी प्रचार प्रसार तिव्र पारेको छ ।

महाकाली अस्पताल रिर्फर सेन्टर र गईगुज्रिएको अवस्थामा नेतृत्व पाएका कृष्णदत्त जोशीले मुहारै फेरेर काम देखाएको भन्दै अहिले जुन वडा, जता बस्ती गाँउमा जाँदा पनि बोक्सरको पक्षमा जनलहर बढिरहेको पाईन्छ । भीमदत्त नगरपालिका १४ बनकट्टका मदन कुँवरले काम गर्ने उम्मेदवार छनौट गर्ने बताए ।

‘यस पटक हामीले चुनेका उम्मेदवार कुर्सीमा बस्ने र कर्मचारी जस्तो प्रशासक होईन जनताको सेवकलाई मत दिन्छौँ, ‘उनले भने, ‘यस अघि महाकाली अस्पतालको मुहार फेरेका बोक्सरलाई हाम्रो साथ सर्मथन हुन्छ ।’ भीमदत्त नगरपालिका ६ ऐठपुरका धनदेव लेखकले आफ्नो पार्टी भनेर काम गर्ने उम्मेदवार भन्दा काम गर्नेलाई मत दिदा जनतालाई सुविधान हुने बताउँछन ।

‘हाम्रो पार्टी भन्दा पनि यो स्थानीय चुनाव भएकाले काम गर्नेलाई मत दिन्छौँ, ‘उनले भने, ‘यस पटक बोक्सरलाई पनि अबसर दिन्छौँ ।’ भीमदत्त नगरपालिका ३ भाँसीका पदम सिहले काम गर्ने उम्मेदवारलाई मात्रै मत दिने बताए ।

‘हामी कुनै पार्टीमा छौँ, तर कुनै पार्टीमा छौँ भन्दैमा त्यो पार्टीको काम नगर्ने उम्मेदवार मत दिने विषय नै भएन, ‘यस पटक त बोक्सरलाई नै अवसर दिन्छौँ ।’ भीमदत्त नगरपालिका ११भुजेलाकी सरिता लुहारले महाकाली अस्पतालको मुहार फेरेर यहाँका जनताको स्वास्थ्यमा सुधार ल्याउने बोक्सरलाई हामी साथ दिने बताउँछिन ।

‘मानिसको द्रो जिवन अस्पताल हो, अस्पताल सुधार गरेर हामीलाई बचाउँनेलाई हाम्रो साथ छ, ‘उनले भनिन, ‘चुनावका बेला साडी साईकल वितरण गर्नेलाई हाम्रो साथ छैन ।’ चुनावका बेला सबै उम्मेदवारले जनताको घरदैलोमा पुग्ने उनीहरुको अधिकार कर्तव्य भएपनि बोक्सर कतै हाम्रो घर नपुगेपनि उनले जनताका लागि गरेको कामको मुल्याङकनका आधारमा मत दिने बताईन ।

भीमदत्त नगरपालिका १५ खैरभट्टीका आशा भट्टले काम नगर्ने पदका लागि दौडिने भन्दा महामारीका बेला स्वास्थ्यकर्मी जस्तै बनेर ज्यानको आँहुती दिने बोक्सरलाई साथ दिनुपर्ने बताउँछिन । ‘यहाँ को कति पार्टीमा लागेको छ, कहिले देखि भन्दा पनि को बढि जनताको पक्षमा काम गरिरहेको छ, त्यस्तालाई मत दिएर अझै जनताको सेवा गर्ने मौका दिनुपर्छ, ‘उनले भनिन, ‘काम गर्ने बोक्सरलाई हाम्रो साथ छ ।’

झण्डै ३ दशकदेखि राजनीतिमा सकुय बोक्सर शिक्षक हुँदै युद्धकालनमा माओवादीमा होमिएका थिए । महाकाली अस्पतालको अध्यक्ष भएर उत्कृष्ठ कार्य गरे बाफत उनको चौतर्फि प्रंससा भईरहेको छ । बोक्सरले पनि गाँउ गाँउमा बस्तीमा जाँदा एक पटक मौका दिए जनताको आशा भरोसा र अपेक्षा अनुरुप काम गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन ।

‘मैले अहिले नै यो गर्छु उ गर्छु, यस्तो गर्छु उस्तो गर्छु भन्दा पनि जनताकै हितमा काम गर्छु, जनताले दिएको विश्वास कायम राख्नु जनताकै हितमा काम गर्छु, ‘उनले भने, ‘अरु मलाई केही स्वार्थ छैन, जनताको सेवन हनुमान भएर काम गर्छु ।’ बोक्सरलाई फरक पार्टीका नेता कार्यकर्ताहरुले समेत राम्रो साथ सर्मथन दिईरहेका छन ।

प्रतिक्रिया दिनुस