कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रमुखका उम्मेदवार ईश्वरी दत्त भट्टले बेलडाँडीको एकीकृकत दिगो विकासका योजना अघि सारेका छन ।

भट्ट विपन्न गरिब परिवारलाई ५० यूनिट विद्युत महशुक निःशुल्क सहित युवालाई स्वरोजगार बनाईने योजना अघि सारेका छन ।

लामो समयदेखि राजनीतिमा सकृय रहेका भट्ट रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष बलिया उमेदवारका रुपमा अघि सारिएका छन । ईमान्दारिताका प्रतिक रहेका उनले बेलडाँडीका विकासका दर्जनौँ योजना अघि सारेका छन । उनले आफ्ना एजेण्डा अघि सारेर जनताको घरदैलोमा गईरहेका छन ।

बाम गठबन्धनका तर्फबाट बेलडाँडी प्रमुखका उम्मेदवार भट्टले अघि सारेका योजनाहरु यस्ता छन । ५० यूनिट विद्युत महसुल निःशुल्क सहित, . निजी स्रोत शिक्षकलाई गाउँपालिकाको अनुदान कोटा शिक्षकमा रुपान्तरण गर्ने, जेष्ठ नागरिक र गर्भवति महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा , रेबिज र सर्पडंस केन्द्रको स्थापना , कालिकिच ताललाई प्रयटकीय हवको रुपमा प्रवद्र्धन गर्ने ।

प्रत्येक ६÷६ महिनामा विशेषज्ञ चिकित्सक निशुल्क स्वास्थ्य शिविर , उत्कृष्ट पाँच जना छात्र÷छात्रालाई पालिका छात्रवृत्तिको व्यवस्था, थारु संस्कृति संरक्षणका लागि थारु संग्रहालयको स्थापना, प्रत्येक वर्ष ३ सय जना युवा÷युवतीलाई रोजगारमुखी तालिम प्रदान गरिने , प्रत्येक वडामा उत्कृष्ट ५÷५ जना कृषकलाई कृषि सहुलियत कर्जाको व्यवस्था गरिनेछ ।

सबै छात्राहरुलाई सेनेटरी प्याड निशुल्क उपलब्ध गराउँदै कक्षा ८ सम्म दिवाखाजाको व्यवस्था गरिनेछ । सामुदायिक विद्यालयका शिक्षकहरुलाई तलब भत्ता मासिक रुपमा उपलब्ध हुने व्यवस्था गरिनेछ । नेकपा माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर शाहले गाँउ गाँउमा गठबन्धनका उम्मेदवार प्रचार प्रसारमा जुटेको बताए ।

यस अघि एमाले, काँग्रेसले बेलडाँडी सरकारको नेतृत्व पाएको उनीहरुबाट निकास ननिस्किएकाले एक पटक माओवादीलाई स्थानीय सरकारको नेतृत्व दिने पक्षमा जनता रहेको बताए । ‘हाम्रो पक्षमा जनलहर बढिरहेको छ, ‘अध्यक्ष शाहले भने, ‘जनताको राम्रो साथ सर्मथन पाईएको छ ।’

प्रतिक्रिया दिनुस