कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुई दलिय गठबन्धन भएको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र केन्द्रविच चुनवाी गठबन्धन भएको हो । चुनावी गठबन्धन अनुरुप भीमदत्त नगरका बाम गठबन्धनका उम्मेदवार आ–आफ्ना साझा एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन ।

बाम गठबन्धन भीमदत्त नगरका प्रमुख राजेन्द्र प्रशाद पाण्डेय, उप प्रमुख कृष्णदत्त जोशी(बोक्सर) सहितका नेताहरुको ऊपस्थितिमा शनिबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा नेकपा एकीककृत समाजवादीका स्थायी कमिटी सदस्य उर्वादत्त पन्तले प्रतिगमनका मतियार केपी ओली प्रवृति समाप्त पार्नका लागि गठबन्धनका उम्मेदवार जिताउनुपर्नेमा जोडदिए ।

कार्यक्रममा प्रमुखका उम्मेदवार राजेन्द्र प्रशाद पाण्डेले नगरको सम्बृद्धका लागि एजेण्डा अघि सारेर चुनावी अभियानमा जुटेको बताए । पार्टीले अघि सारेका एजेण्डा पालना गर्दै जनतालाई सुखी बनाउने बताए । उप प्रमुखका उम्मेदवार कृष्णदत्त जोशी(बोक्सर)ले नगरकै हितका लागि बामका उम्मेदवार चुनावी मैदानमा गईरहेको बताए । बाम गठबन्धन भीमदत्त नगरका उम्मेदवार एजेण्डा यस्ता छन ।

कार्यशैली ः

१. जनताको सहभागिता जनताको साथ समाजवादी मोडेलबाट नगरको विकास ।

शिक्षा ः

२.नगरपालिका, वडा तथा विद्यालय स्तरमा शिक्षा समितिहरु गठन, एक टोल एक शिशुु स्याहार केन्द्र, पूर्वाधारयुक्त गुणस्तरीय शिक्षा, जनशक्ति व्यवस्थापन तथा समान शिक्षाको सुनिश्चितता गरिनेछ ।

३. दलित, जनजाति, अल्पसंख्यक, अभिभावकविहीन र विपन्न बालबालिका र छात्राका लागि छात्रवृत्ति तथा विशेष शैक्षिक अभियान सञ्चालन गरिनेछ ।

४. प्राविधिक शिक्षालय र व्यवसायिक तालिम केन्द्र संचालन गरी शिक्षालाई रोजगारीमूलक बनाइने छ । कृषि स्वास्थ्य एवं प्राविधिक शिक्षातर्फ उच्चशिक्षा अध्ययनको लागि गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

स्वास्थ्य, पोषण तथा खाद्य सुरक्षा

४. आधारभुत स्वास्थ्य सेवा निःशुल्क, विपन्न वर्गका लागि पालिकाबाट नै स्वास्थ्य बीमा, दीर्घ रोगीलाई निःशुल्क उपचारको सुनिश्चितता गरिनेछ ।

५. गर्भवती, सुत्केरी, गर्भपतन, अत्याधिक रक्तस्राव भई जोखिममा रहेका महिलाहरुका लागि आकष्मिक स्वास्थ्य सेवा, एक वडा एक एम्बुलेन्स, बिकटताका आधारमा आधारभूत उपकरणसहित १५ शैया सम्मको अस्पताल, एक टोल एक क्लिनिकको व्यवस्था, अशक्त, असहाय वृद्धलाई घरमैं स्वास्थ्यसेवा प्रदान गरिनेछ । मातृशिशु सुरक्षाका लागि विपन्न परिवारका सुत्केरी महिलालाई रु. ३ हजार भत्ता उपलब्ध गराइनेछ ।

५. महाकाली प्रादेशक अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालको रुपमा जनशक्ति र पूर्वाधारमा सेवा सुविधा सम्पन्न विकास गरिनेछ ।

भूमि, कृषि तथा पशुपालन

६. किसान पहिचान तथा किसान पेन्सन, एक टोल एक सहकारी मार्फत व्यवसायिक कृषि उत्पादन, कृषि तालिम, मल बीउबिजन तथा उत्पादनमा अनुदान, हरेक वडामा कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, बिउबिजन केन्द्र स्थापना, कृषि तथा पशु बीमा, कोल्ड स्टोरको स्थापना, हाट बजार तथा कृषि उत्पादनको बजारको जिम्मेवारी लिइनेछ ।

७.  व्यवसायिक  पशुपालन,  खोर  तथा  गोठ  सुधार, पशुपंक्षी  उपचार  तथा गर्भाधान केन्द्र, हरेक वडामा पशुजन्य उत्पादन संकलन केन्द्र, छाडा चौपायाको पूर्ण नियन्त्रण गरिनेछ ।

८. भूमिहीन, सुकुम्बासीलाई लालपुर्जा, हरेक वडाको भूउपयोग तथा व्यवस्थापन योजना, सार्वजनिक जग्गाको संरक्षण, कब्जा गरिएका सार्वजनिक जमिन र सम्पत्तीको खोजी गरी सार्वजनिक गरिनेछ ।

संस्कृति तथा पर्यटन

९. भीमदत्तलाई सांस्कृतिक नगर बनाइने, पर्यटकीय ग्ुरुयोजना निर्माण, पर्यटन उद्योगलाई प्रोत्साहन, पर्यटकीय मार्गहरुको विकास गरिनेछ ।

१०. भीमदत्त नगर, हरियाली र वातावरण मैत्री नगरको रुपमा विकास गरिने, जैविक सम्पदाको  संरक्षण  र वातारणमैत्री विकासको नीति लिइने,  भीमदत्त साहित्य तथा संस्कृति अभिलेखालय, पुस्तकालय, वाचन केन्द्रको स्थापना गरिनेछ ।

यातायातः

११. गणस्तरीय सडक सञ्जाल, सबै टोलमा पक्की बाटो, नगर रिङ्गरोड निर्माण गरिने, सहुलतपूर्ण नगर यातायातको विकास, नगरबस सुरु गरिनेछ ।

सामाजिक न्याय

१२. हरेक वडामा महिला सशक्तिकरण तथा नेतृत्व विकास केन्द्रको स्थापना, महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति, नगर न्यायिक समितिलाई पूर्ण जनशक्तियुक्त बनाइने, टोल–टोलमा महिला समूह निर्माण र परिचालन, नगरपालिकाका सार्वजनिक नीजि क्षेत्रका संस्थाहरुमा महिलाहरुलाई ३३ प्रतिशत अनिवार्य आरक्षण, स्यानेटरी प्याड निःशुल्क दिइनेछ ।

१३. जातीय विभेदविरुद्ध अभियान सञ्चालन गरिने, दलित तथा उत्पीडित जाति, जनजातिका लागि जीविकोपार्जन र रोजगारीमा विशेष संरक्षणको नीति लिइनेछ ।

१४. जेष्ठ नागरिकलाई घरमैं उपचारको व्यवस्था, बालबालिकालाई हरेक वडामा एक बालमैत्री उद्यान, शिशु स्याहार केन्द्र निर्माण गरिनेछ ।

१५. गरिब जनताका लाग्ी बी.पी.एल. कार्डको व्यवस्था गरी खाद्यान्न, शिक्षा, उपचारमा सब्सिडी (राहत) कार्यक्रम लागु गरिनेछ ।

१६. श्रमिकहरुको वर्गिय तथा पेशागत हकहितका लागि श्रम विभाग तथा सुनुवाई केन्द्रको स्थापना, स्वरोजगार तालिम केन्द्रको स्थापना गरिनेछ ।

सुशासन ः

१७. इगभर्नेन्सको व्यवस्था, घरबाटै कर तथा अन्य सेवा लिन डिजिटल गभर्नेन्स लागु, प्रत्यक्ष गुनासो सुनवाईको व्यवस्था, भ्रष्टाचारको पूर्ण अन्त्य, अनिवार्य सार्वजनिक लेखापरीक्षणको परिपाटी विकास, हरेक काम कारवाहीमा सूचना प्रविधिको उच्चतम प्रयोग गरिनेछ ।

युवा तथा खेलकुद

१८. युवाहरुको सिर्जनशीलता प्रश्रय गर्दै उत्पादनमा जोड्ने नीति लिइने, अनुदानमा आधारित स्टार्टअप अवधारणा लागु गरी युवा नेतृत्वका उत्पादनमा जोड, युवाहरुमा देखा पर्ने शारिरीक तथा मानसिक समस्याका लागि परामर्श केन्द्रहरुको स्थापना, दुव्र्यसन तथा लागपदार्थमा पूर्ण नियन्त्रण गरिनेछ ।

१९. एक टोल एक युवा समूह, एक वडा एक खेल मैदानको निर्माण, वार्षिक खेल क्यालेण्डर, खेलाडीहरुको सम्मान र जीविकोपार्जनमा सहयोग, हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिनेछ ।

सहकारी व्यवस्थापन

२०. सहकारीको स्वामित्व सहकारीकै लगानी ः सुनिश्चित प्रतिफल सहित जनताको आम्दानीको नीतिमार्फत सहकारीको क्षमता अभिवृद्धि तथा सञ्जाल विकास गरी अनुदान र सहुलियत दिँदै उत्पादनसँग जोडने नीति लिइने । सहकारीकै माध्यमबाट सुपथ मूल्य पसल सञ्चालन गरिनेछ ।

सूचना तथा सञ्चार

२१. नगर क्षेत्रका महत्वपूर्ण क्षेत्रमा निःशुल्क वाईफाई जोन, सञ्चार नेटवर्कमा सुधार गरिनेछ ।

२२. मिडिया सेन्टरको स्थापना, सञ्चारकर्मीको क्षमता अभिवृद्धि, संरक्षण तथा वृद्धि विकासका लागि सञ्चार विभागमार्फत विशेष कार्ययोजना निर्माण गरि कार्यान्वयन गरिनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति

२३. मसला, दलहन, तरकारी, पशु तथा बालीजन्य अन्य उत्पादनमा आधारित उद्योगमा अनुदान तथा सहुलियत, उत्पादनको बजार व्यवस्थापन, सुपथ मूल्य पसल सञ्चालन, महिलाको नेतृत्वमा एक वडा एक उद्योग सञ्चालन, दलितहरुको परम्परागत सीपलाई आधुनिकीकरण गर्दै उद्योग मार्फत रोजगारीका लागि विशेष कार्यक्रम, व्यवसायीहरुको हकहित संरक्षणका लागि नीति बनाइने, लघु व्यवसायीलाई अनुदान र सहुलियत मार्फत संरक्षणको नीति लिइने । लगानी भित्र्याउन लगानीमैत्री नीति निर्माण गरिनेछ ।

वन तथा वातावरण

२४. चुरेको अतिक्रमण रोक्दै यसको संरक्षणका लागि स्थानीयवासीलाई नै जिम्मा दिन तथा आरक्षक्षेत्र निकटका जनतालाई संरक्षण प्रदान गरिनेछ ।

२५. बाढी पहिरो, प्रकोप, मानवीय विपत्तीबाट समुदायलाई जोगाउन र मौलिकतामा आधारित विकास अघि बढाइनेछ ।

२६. स्थानीय तह, प्रदेश तह तथा संघीय सरकारको संयुक्त लगानीमा भूस्खलन तथा नदी कटानलाई पूर्णरुपमा नियन्त्रण गरिनेछ ।

२७. नदी किनाराका ठूला फाँटहरुमा विशेष कृषि जोनको घोषणा गरी नगदे बाली उत्पादन कार्यक्रम लागुु गरिनेछ ।

विविध

२८. आर्थिक मितव्ययितामा जोड दिइने, नगरको विकास निर्माणमा विपन्न, दलित, महिला, जनजाति, उपेक्षित वर्गलाई विशेष प्राथमिकता दिइनेछ ।

२९. विपन्न वर्गलाई निःशुल्क बिजुली र कर छुटको नीति लिइनेछ ।

३०. मदिरा बिक्री तथा वितरणलाई व्यवस्थित बनाइनेछ ।

३१. जनताकै सहभागितामा आवश्यकता पहिचानगरी ५ वर्षे आवधिक योजना र परियोजना बैंक निर्माण गरी प्राथमिकताका आधारमा कार्यक्रम अघि बढाइनेछ ।

३२. भारतसँग सीमा विवादलाई स्थायीरुपमा हल गर्न केन्द्र सरकारसँग पहल गरिने, सीमा क्षेत्रका जनता तथा भन्सार क्षेत्रमा नेपालीमाथि हुने दुव्र्यवहार अन्त्य गर्न विशेष पहल गरिनेछ ।

३३. आयुर्वेद चिकित्सा, प्राकृतिक चिकित्सा, योग चिकित्सा लगायतको विकास गर्ने । हरेक वडामा वैकल्पिक चिकित्सालय र योग तथा व्यायाम केन्द्रहरुको स्थापना गरिनेछ ।

३४. भीमदत्त पार्क तथा प्रस्तावित जैविक पार्क, बालमैत्री पार्क, हरेक वडामा जेष्ठ नागरिक भेटघाट केन्द्रको स्थापना गर्नेछ ।

प्रतिक्रिया दिनुस