कञ्चनपुर । नेकपा एकीककृत समाजवादीका तर्फबाट कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मेयरका लागि युवा नेता एव प्रदेश सदस्य सुरेन्द्र बहादुर बम मेयरका लागि अघि सारिएका छन । समाजवादीका तर्फबाट मेयर बनेका उम्मेदवार बमले भ्रष्टाचार रहित नगरको विकासका लागि नगरका सबै कच्ची सडकहरु कालोपत्रे गर्दै सम्बृद्ध नगरका साथै विशेषज्ञ सहित ५० सैयाको अस्पताल निर्माण गर्ने योजना अघि सारेका छन । समाजसेवी समेत रहेका समाजवादीका उम्मेदवार बमले नगरलाई नमुना नगरपालिका बनाएर अघि बढ्ने बताएका छन । समाजवादीका उम्मेदवार बमले अघि सारेका एजेण्डा यस्ता छन । .
पूर्वाधार, सडक तथा यातायातः
१. नगरपालिकाको चक्रपथ निर्माणको कार्य केन्द्र तथा प्रदेश सरकारसंग समन्वय गरि अघि बढाउने ।
२. सबै कच्ची सडकहरु कालोपत्रे गर्ने ।
३. सडकमा पर्ने खोलाहरुमा मोटरेबल पुल निर्माण गर्ने ।
४. बिशेष महत्वको बंक—नायल सडक कालोपत्रे गर्न पहल गर्ने ।
 शिक्षाः
१. हाल सञ्चालनमा रहेका कृष्णपुर नगरपालिका भित्रका सबै क्याम्पसहरुलाई बिश्व बिद्यालयको आंगिक क्याम्पस बनाउन पहल गर्ने ।
२. सबै विद्यालयहरुमा भौतिक संरचनाहरुको बिकास गर्ने, बिद्यालयहरुमा फर्निचरको ब्यवस्था गर्ने तथा बिद्यालय सम्मका पहुँच मार्ग सुधार गर्ने ।
३. सबै विद्यालयहरुमा कार्यरत नीजि स्रोतका शिक्षकहरुको तलव भत्ताको लागि बिद्यालयहरुलाई अनुदान दिने ।
४. माध्यमिक विद्यालयहरु मध्ये एस.ई.ई. मा उत्कृष्ठ नतीजा ल्याउने बिद्यालयलाई थप अनुदान दिने र नगरमा उत्कृष्ठ नतिजा ल्याउने १ पुरुष १ जना महिला विद्यार्थीलाई सम्मानका साथै उच्च शिक्षाका लागि पहल गर्ने ।
५. सबै विद्यालयहरुमा खानेपानी तथा शौचालयको ब्यवस्था गर्ने ।
६. मुक्त कमैया तथा दलित विद्यार्थीहरुलाई ड्रेस तथा स्टेशनरी निःशुल्क उपलब्ध गराउने तथा नगद छात्रवृत्तीको ब्यवस्था गर्ने ।
७. नगरपालिका भित्र स्थायी बसोबास गर्ने प्रत्येक समुदायका (मुक्त कमैया जनजाती, दलित र अन्य गरीब समुदाय) १÷१ जना गरी कुल ३ जना म्यअतयच र ३ जना भ्लनष्लभभचष्लन नगरपालिकाको अनुदानमा पढाउने ।
८. ५ बर्षमा नगरपालिका भित्र शिक्षामा समानता ल्याउनका साथै सरकारी बिद्यालयहरुको स्तरोेन्नती गरी अंगे्रजी माध्यमबाट पठनपाठन शुरु गराउने ।
९. नगरपालिकाको आफ्नै लगानीमा प्राबिधिक शिक्षालय स्थापना गर्ने ।
१०. माध्यमिक विद्यालयहरुमा क्ष्ऋत् दबकभम कक्षाहरु सञ्चालन गर्ने ।
११. हाल प्राविधिक कार्यक्रम सञ्चालनमा रहेका विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढाइनेछ ।
रोजगार ः
१. प्राविधिक तालिम सञ्चालन गरि बेरोजगार जनशक्तिलाई व्यवसायिक र रोजगारमुखी बनाइनेछ ।
२. नगरपालिकाबाट सञ्चालन ह्ुने विकास निर्माणका कार्यहरुलाई सुचीकृत गरी बेरोजगारहरुलाई प्राथमिकताका आधारमा काममा लगाईनेछ ।
३. नगरपालिकाको आन्तरिक स्रोतबाट हुने आम्दानीको ५० प्रतिशत रकम तथा अन्य दाताबाट प्राप्त हुने रकमहरु जम्मा गरी “रोजगाार कोष” स्थापना गर्ने तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने ।
कृषि तथा पशुपंक्षी ः
१.  निर्वाहमुखी कृषिलाई व्यवसायिक कृषिमा परिवर्तन गर्न पहल गरिनेछ ।
२. नगरपालिका भित्रका कृषि उत्पादनहरुलाई बजारीकरण गर्न मुख्य–मुख्य स्थानहरु कृषि हाट बजारको व्यवस्था गरिनेछ ।
३. व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्ने कृषकमा व्यवसायीहरूका लागि व्यवसायिक जोखिम न्यूनीकरण गर्न कृषि बाली बीमा तथा पशु बीमाको सञ्चालन गर्ने तथा कृषकले वीमा कम्पनीलाई बुझाउनुपर्ने बीमा बापतको रकम पालिकाबाट अनुदान दिने व्यवस्था मिलाइनेछ ।
४. कृषि तथा पशुहरुमा लाग्ने रोगहरु नियन्त्रणगरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिका सबै वडाहरुमा कृषि तथा पशु प्राबिधिकको व्यवस्था गर्ने ।
५. मुख्य नदिहरुमा तटबन्ध निर्माण गर्ने ।
६. राष्ट्रिय स्तरको कभर्डहल तथा खेल मैदान निर्माण गर्ने ।
७. नगरबस संचालन गर्ने ।

बिद्युत ः
१. विद्युत सेवालाई बिशेष प्रथमिकतामा राखी निर्वाचित भएको ६ महिनाभित्र सम्पुर्ण बस्तीहरुलाई विद्युतीकरण गरिनेछ ।

स्वास्थ्य ः
१. ५० शैयाको नगर अस्पताल निर्माण गर्ने तथा बिशेषज्ञ सेवा समेतको स्वास्थ्य सुबिधा उपलब्ध गराउने ।
२. सबै घरपरिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने । अति गरिब परिवारको लागि स्वास्थ्य बीमाको शुल्क अनुदान दिने ।
३. सबै वडा कार्यालयहरुमा सुबिधा संम्पन्न एम्बुलेन्सको ब्यवस्था गर्ने ।
४. बाषर््िाक रुपमा कम्तिमा २ पटक विशेषज्ञ सेवा सहितको घुम्ति स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
खानेपानी तथा सिचाई पूर्वाधार ः
१. एक घर एक धाराको अवधारणा अनुसार सबै घरहरुमा सफा पानी वितरण गरिने छ ।
२. नगरपालिकामा दक्ष जनशक्ति सहितको वास युनिट स्थापना गर्ने ।
३. सिंचाई नहर तथा भुमिगत सिंचाईको बिकास गरि सबै खेतीयोग्य जमिनमा सिंचाईको ब्यवस्था गर्ने ।
सुशासनः
१. नगरपालिका भित्र सुशासन र पारदर्शिता कायम गर्न सबै प्रकारका अवसरहरुमा खुला प्रतिस्पर्धा गराउने तथा विकास निर्माणका आयोजनाहरु पारदर्शी रुपमा सञ्चालन गर्ने ।
२. नगरपालिका भित्र सुशासन समिति गठन गर्ने तथा सबै प्रकारका उजुरी, गुनासाहरुको सुनवाईको ब्यवस्था गर्ने ।
३. नगरपालिकाबाट उपलब्ध हुने सेवा सुबिधाहरुको बिबरण सहितको म्ष्नष्तब िम्ष्कउबिथ द्ययबचम को ब्यवस्था गर्ने ।
४. नगरपालिकाका महत्वपुर्ण निर्णयहरु, कार्यक्रमहरु तथा सुचनाहरु, आम सञ्चार माध्यम र पालिकाको आधिकारिक फेसबुक पेज मार्फत सञ्चार गरिनेछ ।
५. नगरपालिकामा विवाद रहित तथा कुनै प्रकारको गुनासो, उजुरी नरहेका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप थप सुविधा उपलब्ध गराउने ।
सामाजिक सुरक्षाः
१. एकल पुरुषहरुलाई भत्ताको ब्यवस्था गर्ने ।
२. नगरपालिका अन्तरगतका विकास निर्माणका योजनाहरुमा काम गर्ने कामदारहरुलाई बीमाको ब्यवस्था गर्ने ।
३. सामाजिक सुरक्ष भत्ता बितरणका लागि बैंकसंग समन्वय गरि टोल स्तरमा नै उपलब्ध गराउने ।
४. अपाङ्ग ब्यक्तीहरुको लागि उपचार शिविर सञ्चालन गर्ने तथा अपाङ्ग सहायता सामाग्री उपलब्ध गराउने ।
५. टुहुरा बालबालिकाहरुलाई निःशुल्क पढाउने तथा भरणपोषणको ब्यवस्था गर्ने ।
६. निर्वाचित भएको अवस्थामा नगर प्रमुखको हैसियतले पाउने सम्पुर्ण तलब भत्ताबाट असहाय कोष स्थापना गर्ने र उक्त कोषको रकम असक्त, असहायहरुको पुर्नस्थापना तथा भरणपोषणमा खर्च गरिनेछ ।

प्रतिक्रिया दिनुस