कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बाम गठबन्धनका उम्मेदवारका पक्षमा जनलहर बढिरहेको छ । भीमदत्त नगरमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी(बाम गठबन्धन) भएको थियो । बाम गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार विद्यार्थी युवा नेता बिरेन्द्र राज विष्ट नेतृत्वको बामका उम्मेदवारलाई दैनिक जनसर्मथन मिलिरहेको छ । यस अघि उक्त वडाबाट काँग्रेस, एमाले सहितका नेताहरुलाई जिताएको र अहिले माओवादीका युवा विकासप्रेमी नेता विष्टलाई जिताउने पक्षमा मतदाता देखिएका छन । आफ्नो चुनावी एजेण्डा लिएर उम्मेदवारको भीमदत्त नगरपालिका १८मा घरदैलो अभियान जारी राखेका छन । जिल्लाकै ९२वडा मध्ये सबैभन्दा बढि मतदाता रहेको वडामा बाम गठबन्धनको घरदैलो चुनावी अभियान जारी रहेको हो ।
बाम गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार राजेन्द्र पाण्डे, उप प्रमुख कृष्णदत्त जोशी(बोक्सर), वडाध्यक्ष बिरेन्द्रराज विष्ट सहितका उम्मेदवारको घरदैलो अभियान तिव्र पारिएको छ । बामका उम्मेदवारले आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन । ठुलो वडा सरकारको नेतृत्व गरिसकेका प्रमुखका उम्मेदवार पाण्डे, महाकाली अस्पताल रिर्फर सेन्टरबाट अस्पतालकै रुपमा परिणत गरेका बोक्स र सानै उमेरमा विद्यार्थी संगठन, महेन्दनगर मावि(साधारण स्कल)को कुसल नेतृत्व गरिरहेका वडाध्यक्षका उम्मेदवार विष्टको घरदैलो अभियानमा जनताको साथसर्मथन पाईएको छ ।
चौतर्फि कोणबाट बलिया र उत्कृष्ठ देखिएका बामका उम्मेदवारलाई जनताको साथसर्मथन पाईएको छ । नेकपा माओवादी केन्द्रकी नेतृ माया नेगीले आफुहरु घरदैलोमा होमिदा हामीहरु थोरै हुने गरेको र जनताको साथसर्मथन उच्च पार्ईएको बताईन । ‘हाम्रा उम्मेदवारको अनुहार देखेर उपस्थिति देखेर जनता उसै खुसी भएको पाएका छौँ, ‘उनले भनिन, ‘यो सबै उम्मेदवारको जनताले यस अघि नै कामको मुल्याङकन गरिसकेका छन ।’
नेकपा एकीकृत समाजवादी भीमदत्त नगरका युवा नेता रमेश पन्तले भीमदत्त नगरका सबै वडाहरुमा एकसाथ बाम गठबन्धनका उम्मेदवारको जबरजस्त घरदैलो अभियान चुनावी कार्यक्रम निरन्तर जारी रहेको बताए । ‘भीनपा १८ जिल्लाकै प्रभावशाली वडा हो, ‘उनले भने, ‘दुवै पार्टीका नेता कार्यकर्ता र जनताको साथ सर्मथनमा उच्च उल्लासका साथ घरदैलो भईरहेको छ ।’ भीनपा १८ का जनता यस पटक फेरिने देखिएका छन । बामका तर्फबाट वडाध्यक्षका उम्मेदवार विष्टले जनताको मत खेर जान नदिने बताउदै विश्वास कायम राखेर नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरिरहेका छन ।

प्रतिक्रिया दिनुस