कञ्चनपुर । भीमदत्त नगरपालिका ३ बाम गठबन्धनका तर्फबाट संयुक्त वडाध्यक्षका उम्मेदवार उपेन्द्र बहादुर कुँवरले राज्यबाट पाईने सेवा सुविधा नलिएरै जनताकै पक्षमा काम गर्ने घोषणा गरेका छन ।

नेकपा माओवादी केन्द्र प्रदेश सल्लाहकार कमिटि सदस्य समेत रहेका वडाध्यक्षमा उम्मेदवार कुँवरले राज्यबाट पाईने सेवा सुविधा नलिएरै जनताकै पक्षमा काम गर्ने घोषणा गरेका हुन ।

‘मैले राज्यबाट पाउने कुनैपनि सुविधा लिदैन, ‘उनले भने, ‘उक्त सुविधा बाफत कोष बनाएर वडाका गरिब विपन्न दलित समुदायको उत्थानका लागि खर्च गर्छु ।’ ०४६ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका कुँवर ५५ देखि माओवादी राजनीतिमा छन ।

गठबन्धनका साझा वडाध्यक्षका उम्मेदबार कुँवर नेतृत्वमा पदम बहादुर सुनार, प्रेमसिह धामी, चन्द्रादेवी दमाई र गोमती विष्ट उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । बाम भीनपा ३ बामका उम्मेदवारले वडाको एकीकृत दिगो विकास र सम्बृद्धिका योजना अघि सारेका छन ।

‘चुरेदेखि दक्षिण महेन्द्रराजमार्गसंग जोडिएको वडामा सडक सञ्जालदेखि पूर्वाधार विकास गर्छु, ‘वडाध्यक्षका उम्मेदवार कुँवरले भने, ‘हाम्रै वडाबाट ग्राभिल निकालिन्छ, तर यस वडाका सडक ग्राभिल छैन,यो समस्या पनि समाधान गर्छु ।’

वडाध्यक्षमा उम्मेदवार कुँवरले यस्ता एजेण्डा अघि सारेका छन । लागु औषध नियन्त्रण गर्छु । सामुदायिक विद्यालयको स्तर बृद्धि, भ्रष्टाचार नियन्त्रण, कृषिमा आधुनिकीकरण सिँचाई विस्तार, बजार क्षेत्रमा फोहोरमैला व्यवस्थापन, कटानी नियन्त्रण, वडामा विभिन्न सीममुलक तालिक संचालन, खेल मैदान निर्माण, जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण, प्राकृतिक दोहन रोक्ने जस्ता थुप्रै एजेण्डा अघि सारेका छन ।

प्रतिक्रिया दिनुस