कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सोमबार(भोली) कञ्चनपुरको बेलौरी आउने भएका छन । नेकपा माअ‍ोवादी केन्द्र बेलौरीको चुनावी सभा सम्बोधन गर्नका लागि प्रचण्ड बेलौरी आउन लागेका हुन ।

माओवादी केन्द्र बेलौरीका सचिव सुन्दर चौधरीले चुनावी सभाका लागि पार्टी अध्यक्ष प्रचण्ड बेलौरी आउन लागेको बताए । ‘अध्यक्ष प्रचण्ड हाम्रो बेलौरीमा चुनावी सभा सम्बोधनका लागि आउन लागेका छन, ‘उनले भने, ‘हामी त्यसकै तयारीमा जुटेका छौँ ।’ उनका अनुसार चुनावी सभा सहित डोकेबजारदेखि हजारौँ नेता कार्यकर्ताहरुले बेलौरी खुला मञ्चसम्म ¥याली सहित पाटी अध्यक्षलाई मञ्चमा पु¥याईनेछ ।

प्रतिक्रिया दिनुस