कञ्चनपुर । नेकपा एमालेबाट भीमदत्त नगरपालिका ६ को वडाध्यक्षमा युवा नेता जनक राज अवस्थी चुनावी मैदानमा छन । झण्डै तीन दशकदेखि राजनीतिमा सकृय रहेका अवस्थी आफ्ना चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन ।

०४९ सालमा महाकाली जनसेवा मावि अध्ययन गर्दा एमाले निकट विद्यार्थी संगठन इकाई सचिवबाट राजनीतिक यात्रा शुरुवात गरेका अवस्थी अहिले नेकपा एमाले कञ्चनपुरका जिल्ला सदस्य हुन ।

सिद्धनाथ बहुमुखी क्याम्पस अनेरास्ववियु इकाई अध्यक्ष, कञ्चनपुर जिल्ला संयोजक, केन्द्रीय सदस्य, सुप प्रमुख हुँदै अहिले पार्टीगत राजनीतिमा सकृय रहेका अवस्थी अहिले वडाध्यक्षको यात्रामा छन । अवस्थीले आफ्ना चुनावी एजेण्डा लिएर जनताको घरदैलो अभियानमा जुटेका छन ।

‘मेरो उम्मेदवार वडाको विकास र यस वडाबाट एमालेले लगातार तीन पटक निर्वाचित भएको यस चौथो पटक पनि एमालेको जितको निरन्तरता दिने योजना छ ।’ वडाको एकीकृत विकास र सम्बृद्धिका योजना अघि सारेको बताउदै उनले सडक विस्तार, ढल निकास, अव्यवस्थित बसोबास र बजार व्यवस्थापन, जेष्ठ नागरिकलाई धार्मिक पर्यटन क्षेत्रमा भ्रमण लैजाने एजेण्डा छन ।

‘मैले यस वडालाई शैक्षिक हबकै रुपमा विकास गर्छु, ‘उनले भने, ‘सामुदायिक विद्यालयको स्तर बृद्धि गर्दै प्राविधिक शिक्षामा जोडदिन्छु ।’ वडा बजारसंगै जोडिएकाले कृषि क्षेत्रको विकासका लागि किसानलाई विभिन्न सेवा सुविधान दिलाई आत्मनिर्भर बनाउने अवस्थीले एजेण्डा अघि सारेका छन ।

‘अहिले बनेका वडा भवन जो जनता र जनतप्रतिधिविच सममामिप्यता हुन सकेको छैनन, ‘उनले भने, ‘वडा कार्यालयको रातो कापेट हटाउँछु ।’ पार्टीले अघि सारेको योजना अनुरुप वडाको एकीकृक विकास गर्दै जाने उनले बताए । उनले आफ्नो पक्षमा जनलहर बढिरहेको भन्दै जित नजिक रहेको दावि गरेका छन ।

प्रतिक्रिया दिनुस