कञ्चनपुर, बैशाख, ३० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा स्थानिय तहको निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न भएको छ ।शुक्लाफाँटा नगरपालिकाको १२ वटै वडाका मतदान केन्द्रहरूमा विवादरहित शान्तिपुर्ण रूपमा सम्पन्न भएको हो ।

शुक्लाफाँटा नगरपालिकाको १२ वटै वडामा रहेका मतदान केन्द्रमा  ३१ हजार ४ सय ४८ मतदाता मध्ये २१ हजार ७ सय ९८ मत खस्यो छ ।

त्यस्तै शुक्लाफाँटा नगरपालिकाको १२ वटै वडाका मतदान केन्द्रहरूमा वडा नम्बर -१ मा २३४६,वडा नम्बर -२ मा ११०७,वडा नम्बर -३ मा १०५१,वडा नम्बर -४ मा ११३२,वडा नम्बर -५ मा २२८८,वडा नम्बर -६ मा १०७५,वडा नम्बर -७ मा२६१३,वडा नम्बर -८ मा २३७९,वडा नम्बर -९ मा १२२४,वडा नम्बर -१० मा १८१९,वडा नम्बर -११ मा २६७६,वडा नम्बर -१२ मा २०८८ मत खसेको छ । शुक्लाफाँटा नगरपालिकाको मत गणना सनिवार ८ बजेबाट शुरू हुने भएको छ ।

प्रतिक्रिया दिनुस