बुटवल । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीको ५ नं.प्रदेशको बैठक सम्पन्न भएको छ । कपिलवस्तुको चार नम्बर जितपुरमा सम्पन्न भएको बैठकले संगठन विस्तार र विद्यार्थी आन्दोलन उठानमा जोड दिएको छ ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समीर, संगठनका अध्यक्ष हरिकृष्ण गजुरेललगायतका नेताहरुको उपस्थितिमा बसेको बैठकले प्रदेशभरिमा ४ हजार विद्यार्थीहरुलाई संगठनको साधारण सदस्यता वितरण गर्ने, विद्यार्थीहरुका समस्या तथा शैक्षिक विकृती, विसंगतीलाई समेटेर माग पत्र तयार पारी स्थानीय तहदेखि प्रदेश मुख्यालयसम्म मागपत्रहरु बुझाउने, शैक्षिक मुद्दाहरुलाई लिएर अन्तक्र्रिया कार्यक्रमहरु गर्ने लगायतका निर्णयहरु गरेको संगठनका सचिव तथा प्रदेश ५ का संयोजक महेश श्रेष्ठले जानकारी दिए । बैठकले गुल्मीका पहिरो पीडितहरुको लागि राहत संकलन र हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेलेका संगठनका विभिन्न कमिटिका सदस्यहरुलाई हार्दिक धन्यवाद समेत ज्ञापन गरेको थियो ।

यसैबीच, ५ नंं प्रदेशका विभिन्न कलेज तथा विद्यालयहरुमा संगठनहरु निर्माण गरिएका छन् । अखिल क्रान्तिकारीले सीता घिमिरेको नेतृत्वमा ज्ञानोदय मावि।मा ४१ सदस्यीय, सुरज थारुको नेतृत्वमा मोतिपुर माविमा ५१ सदस्यीय कमिटिहरु निर्माण गरिएको ५ का संयोजक महेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस