कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमालेका नेता रण बहादुर महरा निर्वाचित भएका छन । आइतबार नगरको सम्पन्न मत गणना परिमाण अनुसार मेयरमा महरा निर्वाचित भएका हुन । महराले काँग्रेसका चिन्तामणी भट्टलाई ५०९मतको अन्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन ।

महराले ६ हजार ७७३ र भट्टले ६ हजार २६४मत ल्याएका थिए । माओवादीका केन्द्रका उम्मेदवार नवराज ऐरले ५ हजार २२५मत ल्याएका छन ।

उप मेयरमा भने काँग्रेकी कल्पना पन्त(जोशी) निर्वाचित भएकी छिन । कल्पनाले गठबन्धनका नेकपा एकीकृत समाजवादीका नेता माधव पन्तलाई १ हजार १५९मतको अन्तरले हराउँदै निर्वाचित भएका छन । कल्पनाले ६ हजार ५१९ र माधवले ५ हजार ३६० मत ल्याएका छन ।

एमालेकी मोनिका भण्डारीले(भट्ट)ले ५ हजार २३६ मत ल्याएकी छिन । ६७ पदका लागि २६६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । शुक्लाफाँटामा ३१ हजार ४४८मतदाता मध्ये २२हजार ४४८मत खसेका थिए । यस अघि ०७४मा काँग्रेसकै उम्मेदवारसंग पराजित भएका महरा यस पटक काँग्रेसका उम्मेदवारसंग निर्वाचित भएका छन । नगर प्रमुखमा निर्वाचित भएका महराले नगरको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस