बैतडीको डिलाशैनी गाउँपालिकामा नवनिर्वाचित उपाध्यक्ष वडा अध्यक्ष र सदस्यहरूलाई गाउँपालिकामा सपथ ग्रहण गराइएको छ ।

डिलाशैनी गाउँपालिकाको कार्यालय धामी गाउँको आयोजनामा गरिएको विशेष समारोहमा स्वतन्त्रबाट निर्बाचित गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले गाउँपालिका  तथा गाउँपालिकाका उपाध्यक्ष वडा अध्यक्ष र सदस्यहरूलाई आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

सपथग्रहण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा बैतडी क्षेत्र नम्बर (क) संयोजक  लोकेन्द्र राना ( सितल) नेपाली काग्रेस डिलाशैनी गाउँ पालिका सभापती जयानन्द जोशी (जय राज )नेपाल रास्टिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष प्रेम राज भट्ट, नेकपा (एकीकृत समाज बादी) पाटिका सुदुरपसिम प्रदेश कमिटी  सदस्य पदम धामी , वडा नम्बर ५ का निबर्तमान अध्यक्ष मानबहादुर बोहरा , वडा नम्बर ७ का निबर्तमान अध्यक्ष प्रेम सिह धामी लगाए नेताकार्यकर्ताहरुको  सहभागीता रहेको थियो  । कार्यक्रममा डिलाशैनी गाउँपालिकाका नव निर्वाचित सबै जनप्रतिनिधिलाई सम्मानसहित प्रमाणपत्रसमेत प्रदान गरिएको थियो  ।

सपत ग्रहण कार्यक्रम मा बोल्दै नब निर्बाचित गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशिले डिलाशैनी गाउँ पालिकाका जनताले जसरी मलाई आफ्नौ अमुल्य जनमत दिएर मलाई बिजय गराउनु भएको छ । तेसै तरिकाले समर्ग डिलासैनी गाउँपालिकाको बिकासको लागि आफू पछि नहट्ने  बिकाशको सन्दर्भमा सुदुरपश्चिम प्रदेशकै नमुना गाउँ पालिका बनाउने र अब  डिलाशैनी गाउँपालिकाका हरेक काम काज र जनतालाई दिने हरेक सेवा सुबिधा डिलाशैनी गाउँपालिकाको वडा नम्बर ७ धामी गाउँबाट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुस